Technology Khabar २८ माघ २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । गूगल प्ले स्टोरले हालै ४२ एप्सलाई हटाइदिएको छ । यी सबै एप्स मालवेयरबाट भरिएको थियो र कथितरुपमा यूजरहरुको डाटा कलेक्ट गरेर चीनका केहि सर्भरहरुलाई पठाउने गर्दथे ।
यी सबै एप्सले एकै मुख्य चाइनिज कम्पनीसँग सम्वन्ध राख्दथे । जसले कयौँ डेभलपर्स अकाउन्टको माध्यमबाट यी एप्सलाई गूगल एप मार्केटमा चलाइरहेको थियो । यी एप्समा सबैभन्दा पहिले भिपिएन प्रो का कर्मचारीहरुले ध्यान दिएका थिए । यी सबै एप्स यूजरहरुबाट एन्ड्रोइड एन्टिभाइरस एप्सले माग्ने अनुमतिहरु माग्ने गर्दथे ।
भिपिएन प्रो को एक ब्लग पोस्टअनुसार टिसिएल कर्पोशनको सहायक कम्पनी शेनजेन ह्वक नामको एक कम्पनीले गूगल प्ले स्टोरमा २४ एप्स चलाईरहेको थियो । यी सबै एप्सलाई ३३ करोड २० लाख पटकभन्दा बढि डाउनलोड गरिसकेको छ । यि एप्सले प्रयोगकर्ताहरुसँग एन्ड्रोएडको निकै खतरनाक अनुमतिहरुको माग गर्दथे र केहि एप्समा पुरा मालवेयर रहेको थियो ।
सोफोसका अनुसार यी एप्सले फोनमा रहेका समस्याहरुलाई पहिचान गर्ने र तिनीहरुलाई हटाउने नाटक गर्दथे र समस्या पत्ता लागाइदिए वापत प्रयोगकर्ताहरुसँग पैसा माग्ने गर्दथे । यतिमात्रै नभई यी एप्सले कुनै बेला प्रयोगकर्तालाई मालवेयर रहेका अन्य एप्स इन्स्टल गर्ने अप्शन पनि प्रदान गर्ने गर्दथे ।
शेनजेन ह्वक ले निर्माण गरेको यी एप्सहरुमा १ करोड भन्दा बढिपटक डाउनलोड गरिएको मौसमको जानकारी दिने एप्स, १० करोडभन्दा बढिपटक डाउनलोड भइसकेको साउन्ड रेर्कडर एप, ५ करोडभन्दा बढि डाउनलोड रहेको फाइल म्यानेजर एप, १० करोडभन्दा बढि पटक डाउनलोड गरिएको सुपर भाइरस क्लिनर एप २०१९ पनि रहेका छन ।
ब्लगको अनुसार फोर्ब्सले मंगलवार यस खबरको जानकारी गूगलसम्म पुर्याएको थियो । जस लगत्तै गूगलले यी एप्सलाई प्ले स्टोरबाट हटाएको थियो ।
शेनजेन ह्वकको एप्सलाई गूगलले हटाएपछि टिसिएल कर्पोरेशनले भिपिएन प्रो लाई सम्पर्क गरेको थियो र कम्पनीले यस बिषयमा गूगलसँग कुरा गरिरहेको बताएको थियो । यस बाहेक टिशिएल कम्पनीले यी एप्सलाई लिएर एक सुरक्षा जाँच स्थापना गरिरहेको पनि बताएको छ । शेनजेन ह्वकको कयौँ एप्स अलकाटेल र टिसिएलका अन्य फोनहरुमा पहिले नै इन्स्टल भएर आउने गर्दछ।
टिसिएलले अल्काटेल र टिसिएल स्मार्टफोन बाहेक ब्ल्याकबेरी फोनको समेतअधिकार लिएको छ । सो कम्पनी चिनियाँ सरकारसँग समेत नेटवर्कमा रहेको ब्लगमा दाबी छ ।
शेनजेन ह्वकका मालवेयर भएका एप्स यस्ता रहेका छन्-
· वर्ल्ड जू
· वर्ल्ड क्रोशी
· शकर पिनबल
· डिग इट
· लेजर ब्रेक
· वर्ड क्रस
· म्युजिक रोअम
· फाइल म्यानेजर
· साउन्ड रेर्कडर
· जोय लन्चर
· टर्बो ब्राउजर
· वेदर फोरकास्ट
· क्यालेन्डर लाइट
· क्यान्डी सेल्फि क्यामरा
· प्राइभेट ब्राउजर
· सुपर क्लिनर
· भाईरस क्लिनर २०१९
· हाई सेक्योरिटी २०१९
· हाई भिपिएन, फ्री भिपिएन
· हाई भिपिएन प्रो
· नेट मास्टर
· क्यान्डी ग्यालेरी
· पजल बक्स
अंग्रेजी नाम यी हुन् –
प्रकाशित: २८ माघ २०७६, मंगलवार