Technology Khabar २६ माघ २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । चिनियाँ ह्यान्डसेट निर्माता कम्पनी रियलमीले आफ्नो फेक वेबसाइटको बारेमा चेतावनी जारी गर्दै सर्तक रहन भनेको छ । सो फेक वेबसाइट भएको कम्पनीले फ्रेन्चाइज पार्टनरशिपको लागी मानिसहरुलाई सोधिरहेको छ ।
कम्पनीले कुनै डब्लुडब्लुडब्लु डट रियलमीपार्टनर डट इन (www.realmepartner.in) नामको नक्कली/फेक वेबसाइट रहेको बताएको छ र यसले मानिसहरुलाई फ्रेन्चाइजी पार्टरनरशिपको लागी सोधिरहेको छ ।
रियलमीले यो काम आफुहरुको नभएको र यस वेबसाइटबाट बिजनेश गर्ने मानिसहरुको जिम्मेबारी कम्पनीले नलिने स्पस्ट पारेको छ । कम्पनीले यो एक फर्जी र नक्कली वेबसाइट भएको स्पस्ट रुपमा बताएको छ ।
रियलमी इन्डियाका सीईओ माधव सेठले मानिसहरुले कम्पनीको फर्जी वेबसाइट बनाउनु दुभाग्यपुर्ण रहेको भएको बताएका छन । उनले आफुहरुको डब्लुडब्लुडब्लु डट रियलमी डट कम को एउटा अफिशियल वेबसाइट रहेको र कम्पनीको नाममा बनेको वेबसाइटबाट सर्तक र टाढा रहन आग्रह गरे ।
फर्मको अनुसार केहि मानिसहरुले रियलमीका प्रोडक्टहरु जस्तो रियलमी बड्स, कनेक्टर्स र वायर्सका नक्कली आइट हरुको बिक्री गर्ने गरेका छन । सेठले उनिहरुको विरुद्ध कम्पनीले गम्भिर कानुनी कारवाही गर्ने बताएका छन् । उनले कम्पनीको सबै प्रोडक्ट पोर्टफोलियो आफ्नो आधिकारीक वेबसाइटमा पाइने बताए । अहिले कम्पनीले अनलाईन पार्टनरहरु र अफिशियल वेबसाइट डब्लुडब्लुडब्लु डट रियलमी डट कम बाट प्रोडक्टहरु बिक्री गरिरहेको जनाएका छन् । एजेन्सी
प्रकाशित: २६ माघ २०७६, आईतवार