शाओमीले रेडमी के२० प्रो स्मार्टफोनको बिक्री बन्द गर्दै, अपग्रेड भर्सन रेडमी के३० प्रो आउँदै

Technology Khabar २६ माघ २०७६, आईतवार

काठमाडौं ।

काठमाडौं । शाओमीको सब ब्रान्ड रेडमीले चाँडै रेडमी के३० प्रो लन्च गर्ने तयारीमा रहेको छ । हाल कम्पनीले अब रेडमी के२० प्रो को बिक्री वितरणलाई बन्द गर्न सक्ने खबरहरु सार्वजनिक भएका छन । शाओमीका भाईस प्रेसिडेन्ट लु विबिंगले चिनियाँ सोशल मिडिया विबोमा यस कुरालाई कन्फर्म गरेका हुन् ।

उनले रेडमी के२० को बारेमा भने केहि कुरा बताएका छैनन् यसर्थ कम्पनीले २० प्रो भेरियन्टको मात्रै बिक्री बन्द गर्ने छ । त्यस्तै कम्पनीले रेडमी के३० प्रो को बारेमा कुनै अफिशियल जानकारी दिएको छैन र यसको टिजरपनि सार्वजनिक गरेको छैन ।

लु विबींगले आफ्नो पोस्टमा रेडमी के२० प्रो को बिक्री यस महिनापछिबाट बन्द गर्ने बताएका छन् । यसबाट रेडमी के३० प्रो चाँडै नै लन्च हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

रेडमी के३० प्रो लाई कम्पनीले पहिलो आफ्नै देशको मार्केटमा सार्वजनिक गर्ने छ । हालै भारतीय मार्केटमा रेडमी के३० लाई पोको एक्स २ को नाममा रिब्रान्ड गरेर लन्च गरिएको छ ।

रेडमी के३० प्रो को कुरा गर्दा यस स्मार्टफोनमा क्वालकम स्नापड्रयागन ८६५ ५जी प्रोससर दिइएको छ । त्यस्तै यस स्मार्टफोनमा ८जीबी र्याम रहेको छ भने यो एन्ड्रोएड १० आधारित एमआईयूआई ११ मा संचालन हुन्छ ।

रेडमीको अपकमींग स्मार्टफोन के३० प्रो मा क्वाड रियर क्यामरा सेटअप रहन सक्ने छ । जसको प्राईमरी क्यामरा ६४ मेगापिक्सेल हुन सक्ने छ र यसमा सोनी आईएमएक्स६८६ सेन्सरको प्रयोग भएको हुन सक्ने छ । यस स्मार्टफोनमा ३३ वाटको फास्ट चार्जको सर्पोट हुने छ । यसको ब्याट्री पावर ४,७००एमएएच को हुन सक्ने छ । एजेन्सी

प्रकाशित: २६ माघ २०७६, आईतवार

तपाइको प्रतिक्रिया