Technology Khabar २६ माघ २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । ह्वावे आफ्ना भविश्यमा ल्याउने स्मार्टफोनहरुमा ७० वटा लोकप्रिय एन्ड्रोयड एप्स प्ले स्टोरबाट प्रि इन्स्टल गर्ने निर्णय गरेको छ । गूगलका एप्लिकेसनहरु र सर्भिसहरुबाट बंचित भएको चिनियाँ टेक जायन्टले त्यसको विकल्प तयार पार्न खोजिरहेको छ । जसमा ह्वावे भिडियो र अन्य रहेका छन् ।
यसको विकल्पहरुमा गूगल प्ले स्टोरबिना नै कसरी त्यो स्मार्टफोनहरुमा संभव हुन्छ भन्ने बारेमा हेरिरहेको छ । ह्वावेले अन्तत ७० वटा निकै लोकप्रिय प्ले स्टोर एप्स आफ्ना स्मार्टफोनहरुमा प्रि इन्स्टल गर्ने निर्णय गरेको हो ।
सो निर्णयअनुसार एकैपटक कम्पनीले ठूलो मात्रामा एप्सहरु राख्ने छ । जसले आफ्ना यूजरहरुलाई गूगल प्ले स्टोरको क्षतिपूर्तिको रुपमा हुनेछ ।
कम्पनीले साधारण यूजरहरुले पनि एपीके फाइल्स नै इन्स्टल नगरेपनि ती एप्स प्रयोग गर्न पाउन भनेर सो निर्णय लिएको बताईएको छ ।
प्रि इन्स्टल हुने त्यस्ता एप्स भने तपाईँको देश र बस्ने ठाउँको आधारमा फरक फरक हुनसक्ने छ । जसले गर्दा विभिन्न क्षेत्रहरु र देशहरुका लागि फरक फरक एप्स प्रि इन्स्टल गरेर स्मार्टफोन ल्याउने छ । यसमा कम्पनीले ग्राहकहरुको प्राथमिकता र रुचीलाई ध्यानमा राख्नेछ ।
यसबाहेक चिनियाँ कम्पनीले आफ्ना ग्राहकहरुका लागि गूगल सर्भिसहरुको चिनियाँ विकल्प समेत दिनेछ र यी सेवाहरु पनि प्रि इन्स्टल भएका हुनेछन् ।
उदाहरणको लागि गूगलको यूट्युबको साटोमा हामीले ह्वावे भिडियो पाउनेछौं भने गूगल म्याप्सको साटो टम टम उपलब्ध हुनेछ ।
मिडिया रिपोर्टहरुका अनुसार ह्वावेले यस्तो कार्य आउन लागेको पी ४०, पी ४० प्रो र पी ४० लाइटबाट शुरु गर्नेछ । एजेन्सी
प्रकाशित: २६ माघ २०७६, आईतवार