भीभो भी १९ सीरीजको प्री–बुकिंग भारतीय बजारमा फरवरीको अन्त्यबाट शुरु हुने

  • Technology Khabar | २२ माघ २०७६, बुधबार
भीभो भी १९ सीरीजको प्री–बुकिंग भारतीय बजारमा फरवरीको अन्त्यबाट शुरु हुने
भीभो भी १७प्रो

काठमाडौं ।

काठमाडौं । भीभोको अपकमिंग भीभो भी १९ र भीभो भी १९ प्रो इन्डियामा लन्च हुने खवर केहि समयअघि मिडियामा आएको थियो । केहि मिडियाहरुले यसलाई आईपिएल टि२० प्रतियोगिताभन्दा अघि भारतिय मार्केटमा ल्याइने बताएका थिए ।

त्यस्तै हाल भीभो भि१९ सीरीजलाई इन्डियामा यस महिनाको अन्त्यमा प्री–बुकिंग को लागी पेश गरिने खबर अगाडी आएको छ । यस सीरीजलाई अनलाइन वा अर्थोराइज्ड स्टोरमा सेलको लागी पेश गरिने आशा गरिएको छ ।

यस सीरीजअन्तर्गतका फोनहरु भीभो भी१९ र भी१९ प्रो को विशेषताहरुको बारेमा हाल खासै जानकारी आएको छैन । तर यस सीरीजको फोन भीभो भी १७ सीरीज भन्दा अपग्रेडेड हुने छ ।

भीभो भी १७ प्रोमा २०.९ आस्पेक्ट रेसियोको ६.४४ इन्चको फुलएचडी+ सुपर एमोलेड डिस्प्लेसँगै लन्च गरिएको थियो । यसको स्क्रिन इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सरसँगै रहेको छ । जसलाई कोर्निग गोरिल्ला ग्लास ६ बाट प्रोटेक्ट गरिएको छ । यस फोनलाई एन्ड्रोएड ९ मा आधारित फनटच ओएस ९.१ मा पेश गरिएको छ । जसमा अक्टाकोर प्रोसेसरसँगै क्वालकम स्नापड्रयागन ६७५ चिपसेटमा रहेको छ । यस फोनमा क्वाड क्यामरा रहेको छ । जसमा फोनको प्राइमरी क्यामरा सेन्सर ४८ मेगापिक्सलको रहेको छ । एजेन्सी

प्रकाशित: २२ माघ २०७६, बुधबार

तपाइको प्रतिक्रिया