भन्सार छली पसलमा बेच्न राखेका मोबाइल बरामद, एम.के.ट्रेड लाईनका सुमित खेतान पक्राउ

  • Technology Khabar | १५ माघ २०७६, बुधबार
भन्सार छली पसलमा बेच्न राखेका मोबाइल बरामद, एम.के.ट्रेड लाईनका सुमित खेतान पक्राउ

काठमाडौं ।

काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले अबैध रूपमा भन्सार छली पसलमा बेच्न राखेका १३ थान मोबाइल सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका ४ सितापाईला घर भई बस्ने २८ वर्षीय सुमित खेतान छन् । सुचनाको आधारमा प्रहरीले बिहिबार दिउँसो काठमाडौं महानगरपालिका-२२ न्यरोड स्थित एम. के. ट्रेड लाईन पसलमा चेकजाँच गर्दा आइफोन ७ प्लस ६ थान, आइफोन ११, प्रोमोआस (Promoas) ४ थान, सामसङ नोट ए १ थान बरामद गरेको छ । यसैगरि सामसङ वाच (Samsung watch) घडी २ थान र एप्पल वाच (Apple Watch) घडी १ थान समेत बरामद गरेको छ ।

मोबाइलको अनुमानित बजार ११ लाख ८६ हजार रूपैया रहेको महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ । घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १५ माघ २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...