‘नेपाली पोर्ट’ नामक अध्यागमन सुचना प्रणाली संचालनमा, बायोमेट्रिक प्रणाली सहितको सूचना राखिने

  • Technology Khabar | १४ माघ २०७६, मंगलवार
‘नेपाली पोर्ट’ नामक अध्यागमन सुचना प्रणाली संचालनमा, बायोमेट्रिक प्रणाली सहितको सूचना राखिने

काठमाडौं ।

काठमाडौं । नेपालको अध्यागमनलाई व्यवस्थित गर्ने गरि बायोमेट्रिक प्रणालीसहितको ‘नेपाली पोर्ट’ नामक अध्यागमन सुचना प्रणाली शुरु गरिएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभाग अन्तरगत सो आधुनिक पोर्टको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार औपचारिक उद्घाटन गरे।

अध्यागमन प्रणालीलाई व्यवस्थित र बैज्ञानिक बनाउन अध्यागमन सुचना प्रणाली नेपाली पोर्ट नामक आधुनिक सफ्टवेयर ल्याएको अध्यागमन विभागले बताएको छ ।

नेपाल पोर्ट सफ्टवेयर अध्यागमन सुधार कार्यक्रमअन्तर्गत बायोमेट्रिक प्रणाली सहितको सूचना प्रणालीको विकास, भौतिक पूर्वाधारको सुधार, सुरक्षित तथा २ तहको डाटा सेन्टर सहितको २४ सै घण्टा सञ्चालनमा आउने विभागले जानकारी दिएको छ।

त्यस्तै २४सै घण्टा बिना अबरोध सेवा सुचारु हुनेगरी नेटवर्किङ, शंकास्पद कागजात पहिचानको अध्यागमन कार्यालय अन्तर्राष्टिय विमानस्थल र विभागमा फर्जरी डिटेसन युनिट (एफ्डियु) प्रणाली स्थापना गरिएको छ । नेपालको अध्यागमन प्रणालीलाई व्यवस्थित गर्न विभागले एक वर्ष लगाएर सो प्रणालीको बिकास गरेको हो ।

सो सफ्वेयर प्रणाली अन्तराष्टिय विमानस्थल र विभिन्न १२ नाकामा संचालनमा ल्याईएको छ । यो सफ्वेयर प्रणालीले यसअघि प्रयोगमा रहेको इम्मी सफ्टवेयरलाई प्रतिस्थापन गर्नेछ ।

यो प्रणाली कार्यान्वयनमा आएसँगै अब अध्यागमन हाल देखिने गरेका र आउने गरेका समस्याहरु समाधान गर्न सहज हुने विभागले जनाएको छ ।

प्रकाशित: १४ माघ २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार