इन्फोसिसद्धारा खाताको फरेन्सीक अडिट गराउन नियामक निकायले नभनेको स्पष्टोक्ति

  • Technology Khabar | १२ माघ २०७६, आईतवार

काठमाडौं ।

काठमाडौं। आईटी कम्पनी इन्फोसिसले शुक्रवार सेबीले ह्वीसलब्लोअर को उजुरीबारे पुनः छानबिनको लागी आग्रह नगरेको जनाएको छ । बिगत केहि दिनदेखी भारतीय शेयर बजार नियामक सेबीले इन्फोसिसको खाताको फरेन्सीक अडिट गराउने चर्चा चलिरहेकै बेला इन्फोसिसले यो सफाई सार्वजनिक गरेको हो ।

मुनाफा बढाउन एकाउन्टिङमा गडबढी गरेको आरोप लागेका इन्फोसिसका अडिट कमिटीका सिईओ सलिल पारेख र सीएफओ निरन्जन रायलाई सेबीले यसअघि नै क्लीन चिट दिईसकेको छ ।

इन्फोसिसले अक्टोबरमा पहिलो पटक ह्वीसलब्लोअरको आरोप बारे जानकारी दिएको थियो । कम्पनीले स्वतन्त्र कानुनी फर्मको सहयोगमा आरोपको जाँच गरेको थियो । इन्फोसिस अमेरिकी शेयर बजारमा पनि लिस्टेड रहेको छ । यसैकारण त्यहाँको रेग्युलेटर सेक्योरिटी एन्ड एक्सचेन्ज कम्पनीले पनि ह्वीसलब्लोअरको बारेमा छानबिन सुरु गरेको थियो । एजेन्सी

प्रकाशित: १२ माघ २०७६, आईतवार

तपाइको प्रतिक्रिया