सामाजिक सञ्जाल फेसबुकको प्रयोग गर्दा सँधै ध्यान दिनुस् यी १० विषय, नत्र समस्यामा पर्नुहोला

  • Technology Khabar | ११ माघ २०७६, शनिबार

काठमाडौं ।

काठमाडौं । सामाजिक सञ्जालको प्रयोग आजकल ब्यापकरुपमा भइरहेको छ । केहि मानिसहरु त फेसबुकमा केही पोस्ट नगरिकन दिन काट्नै नसकिने कुरा गर्दछन् । फेसबुक पोस्टको माध्यमबाट मानिसहरु आफ्ना साथीहरु र बन्धुहरुको प्रतिकृया जान्न चाहन्छन् ।

प्राथमिक रुपमा फेसबुक पोस्टको माध्यमबाट साथीहरु र परिवारजनकोसँग रहेको सम्बन्धबाट खुशी प्राप्त हुन्छ । तर जब उनिहरुबाट यस खुशिलाई वेबास्ता गर्दा मानिसमा नराम्रो असरपर्न जान्छ । यहाँ हामी फेसबुक पोस्टबाट उत्पन्न हुने १० साधारण गल्तिहरुबाट बच्ने उपायहरुमा चर्चा गर्नेछौ ।

१। फेसबुकमा केहि पोस्ट गर्नुपहिले आफु कुन जानकारी मानिसमा शेयर गर्दैछु भन्नेमा ध्यान पुर्याउनुस्, र यसबारे आफ्ना फेसबुकका साथीलाई जानकारी आवश्यक छ छैन ध्यान दिउँ ।

२। सधैं ध्यान दिउँ मद्यपान अर्थात मदिरा सेवन गरिसकेपछि फेसबुकको प्रयोग नगरौँ, किनकी मद्यपान गरेपछि मानिसको होस नहुने हुँदा शेयर गर्न नहुने जानकारी पनि शेयर हुन सक्दछ ।

३। ४/५ हजार फेसबुक फ्रेन्ड हुनुको यो मतलब होइन कि सबै तपाईँको साथीहरु हुन् र सबै सक्कली अकाउन्ट हुन, नचिनेको मान्छेलाई एड गर्न बन्द गरौं र फेक अकाउन्टबारे सचेत रहौं ।

४। फेसबुकमा आफ्नो सबै जानकारी जस्तै, स्कुल कलेजकको नाम, ठेगाना अपडेट नगर्नु नै राम्रो हुुनेछ, किनभने कसैले तपाईँको जानकारीबाट गलत फाइदा उठाउन पनि सक्दछन यसका लागी फेसबुकबाट आफ्ना साथीहरुले मात्र तपाईँको जानकारी हेर्न मिल्ने बनाउनु पर्दछ ।

५। आफ्नो फेसबुक अकाउन्टबाट बालबालिकालाई टाढा राख्नु नै राम्रो हुनेछ, परिवारको फोटो शेयर गर्दा आफ्ना बालबच्चाको केहि पनि जानकारी पोस्ट नगरौं, जसल् तपाईँको बच्चालाई ठुलो दुर्घटना हुनबाट बचाउँछ ।

६। आफुले किनेको नयाँ साधन वा वस्तु, चिठ्ठा परेका कुरा, लगानीको कुरा आदी बारे फेसबुकमा पोस्ट गर्न बन्द गरौं ।

७। फेसबुकबाट कसैलाई केहि गलत ब्यबहार नगरौं, नगराउँ, यस्ताकुराको स्क्रिनसट लिएर तपाई बिरुद्ध नै प्रयोग हुन सक्दछ ।

८। आफ्नो व्यक्तिगत दस्तावेज, पहिचानका वस्तुहरुलाई फेसबुकमा शेयर नगरौं, आफ्नो यात्रा विबरण फेसबुकमा शेयर नगरौं यसले तपाईँलाई सम्भावित दुर्घटनाबाट बचाउँछ ।

९। फेसबुकमा फोटो शेयर गर्दा धेरैलाई ट्याग गर्ने बानी सुधारौं, यसले ट्याग भएको मानिसमा समस्या निम्याउन सक्छ, फोटो ट्याग गर्दा ध्यान दिउँ ।

१०। फेसबुक प्रोफाइललाई सधै रिभ्यु गर्नु पर्दछ, आफ्नो फ्रेन्ड लिस्टपनि समय समयमा चेक गरिरहनु पर्दछ, यदी तपाईँलाई अनावश्यक लागेको खण्डमा त्यस्ता व्यक्तिलाई लिस्टबाट निकाल्ने गरौं ।

प्रकाशित: ११ माघ २०७६, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार