ह्वावेले अहिलेसम्मकै सबैभन्दा सस्तो ५जी स्मार्टफोन लन्च गर्ने, मूल्य १८ हजार रुपैयाँ भन्दा कम हुने

  • Technology Khabar | ११ माघ २०७६, शनिबार

काठमाडौं ।

स्मार्टफोन मेकर कम्पनीहरु बिच अहिले ५जी स्मार्टफोन लन्च गर्ने होडबाजी नै चलेको छ । हाल यी स्मार्टफोनहरुको मूल्य अधिक रहेको पाईन्छ । तर अहिले महङ्गीबाट मुक्त गरि सस्तोमा नै ५जी स्मार्टफोन उपलब्ध गराउन चिनियाँ कम्पनी ह्वावे लागी परेको छ ।

हालै आएको रिर्पोटअनुसार अर्को वर्ष ह्वावेले निकै सस्तो ५जी स्मार्टफोन बजारमा ल्याउने जनाइएको छ ।

रिर्पोट अनुसार २०१९ मा ६९ लाख ५जी स्मार्टफोन शिपमेन्टको साथ ह्वावे ५जी स्मार्टफोन मार्केटमा सबैभन्दा अगाडि रहेको छ । यो आंकडा चीनमा बिक्री भएको ५जी फोनमध्येको आधा भाग हो । यसमा ह्वावे मेट एक्स पनि शामेल रहेको छ ।

रिर्पोटले ह्वावेको आउँदो ५जी स्मार्टफोनमा अफोर्डेवल ५जी इनबल्ट चिपसेटको प्रयोग गर्ने छ । यस सस्तो डिभाइसमा मीडियाटेक १०००एच र क्वालकम स्न्यापड्रयागन ७६५ जस्ता सस्तो चिपसेट लगाइने छ । कम्पनीकाअनुसार सो प्रविधि मुख्यरुपमा प्रयोगमा आउनासाथ ५जी स्मार्टफोन सस्तो हुने छ । यसको मूल्य १८ हजार रुपैयाँ भन्दा कम हुने बताईएको छ ।

हुवावे मेट एक्समा बालोङ्ग ५००० प्रोसेसरको प्रयोग गरिएको छ । यो इन्डस्ट्रीको पहिलो ७एमएन मल्टी मोड ५जी टर्मीनल चिपसेट हो । यो चिप एसए र एनएसए दुबै नेटर्वकलाई सर्पोट गर्दछ ।

यसबाहेक यसै चिपसेट ह्वावे मेट २० एक्स ५जी र नोभा ६ ५जीमा पनि प्रयोग गरिएको थियो । कम्पनीले मेट ३० सीरीजपनि लन्च गरेको छ जसमा फ्ल्यागशिप किरिन ९९० चिपसेटको प्रयोग गरेको थियो । यस चिपसेटले पनि ५जी नेटर्वकलाई सर्पोट गर्दछ । एजेन्सी

प्रकाशित: ११ माघ २०७६, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार