बढ्दो प्रतिस्पर्धाका बिचमा नेटफ्लिक्सले थप्यो ८८ लाख सेवाग्राहीहरु, आम्दानी ५.४७ अर्ब डलर

  • Technology Khabar | १० माघ २०७६, शुक्रबार

काठमाडौं ।

काठमाडौं । अनलाइन स्ट्रिमिङ्ग सर्भिस नेटफ्लिक्सले सन् २०१९ को चौथो चौमासिकमा ८८ लाख नयाँ सेवाग्राहीहरु थप गर्न सफल भएको छ ।

हालै सार्वजनिक कम्पनीको रिपोर्टअनुसार कम्पनीले प्रक्षेपण गरेको ७६ लाखको तुलनामा यो वृद्धि निकै राम्रो हो ।

नेटफ्लिक्सले १६ करोड ७० लाख आफ्ना शुल्क तिर्ने सेवाग्राहीहरु विश्वभर रहेको र त्यसमध्ये १० करोड भन्दा बढि अमेरिकाभन्दा बाहिर रहेको जानकारी दिएको छ ।

कम्पनीकाअनुसार अपेक्षा गरिएको भन्दा राम्रो वित्तीय आम्दानी भएको छ । सो अवधिमा नेटफ्लिक्सले ५.४७ अर्ब डलर आम्दानी गरेको छ, जबकी यसअघि कम्पनीले केबल १.३ अर्ब डलर मात्र कमाउने अनुमान गरिएको थियो ।

कम्पनीले डिज्ने प्लस र एप्पल टिभी प्लसजस्ता प्रमुख स्ट्रिमिङ्ग सर्भिसहरु सार्वजनिक भएतापनि आम्दानी राम्रो गरेको हो । पछिल्लो समयमा नेटफ्लिक्सको आफ्नै सिरिज दि वीचरले निकै चर्चा र सफलता पाएको छ । एजेन्सी

प्रकाशित: १० माघ २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया