काठमाडौं ।
काठमाडौं । गूगलले भारतको तेस्रो ठूलो टेलिकम अपरेटर कम्पनीसँग क्लाउड सेवाको सहकार्य गर्ने भएको छ ।
अमेरिकन टेक जायन्टले भारतीय अपरेटर एयरटेलसँग क्लाउड सेवा उपलब्ध गराउनका लागि सम्झौता गरेको हो ।
सो सम्झौताअन्तरगत एयरटेलले जी सुईट साना र मझौला साइजका बिजेनसहरुका लागि उपलब्ध गराउनेछ । यो सेवा टेलिकम कम्पनीको आईसिटी पोर्टफोलियोअन्तरगत हुन लागेको हो ।
भारतमा ३२ करोड ५० लाख सेवाग्राहीहरु रहेको एयरटेलले हाल करिब २,५०० ठूला व्यवसायहरु र ५ लाख साना तथा मझौला व्यवसायहरु तथा स्टार्टअपलाई सेवा दिईरहेको बताएको छ । एजेन्सी
प्रकाशित: १० माघ २०७६, शुक्रबार