
काठमाडौं ।
काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी शाओमी आउँदो महिना एमआई १० प्रो लन्च गर्न सक्नेछ । यस स्मार्टफोनसँग जोडिएको खबर पछिल्लो केहि समयदेखी आइरहेको थियो । तर अहिले पहिलो पटक यसको तस्विर लीक भएको छ ।
शाओमी एमआई १० पहिले नै लन्च भइसकेको छ र एमआई १० प्रो को भनिएको तस्विर एमआई १० सँगै मिल्दोजुल्दो रहेको छ । यस स्मार्टफोनमा रियर प्यानल क्वाड क्यामरा सेटअप देखिएको छ ।
यस स्मार्टफोनको टपमा नोइज क्यान्सीलेशन माइक र आईआर ब्लास्टर रहेको छ । एमआई नोट १० प्रो को एक लाइभ इमेजमा तल ५जी लेखिएको छ । अर्थात कम्पनीले एमआई १० प्रो को एक भेरियन्टको रुपमा ५जी लन्च गर्न सक्नेछ ।
महत्वपुर्ण कुरा शाओमीले ११ फरवरीमा चिनियाँ मार्केटमा एमआई १० प्रो लन्च गर्न सक्नेछ तर नेपालमा यसको लन्च हुन्छ वा हुँदैन भन्न अझै केहि समय कुर्नुपर्ने देखिन्छ । एजेन्सी
प्रकाशित: ९ माघ २०७६, बिहीबार