क्यापेला स्पेसले बनायो नयाँ स्याटेलाइट डिजाइन, पृथ्विको हाई रिजोल्युशनको तस्विर लिन सक्ने

  • Technology Khabar | ८ माघ २०७६, बुधबार

काठमाडौं ।

काठमाडौं । स्याटेलाइट तथा अर्थ अब्जरभेसन स्टार्टअप क्यापेला स्पेसले हालै आफ्नो स्याटेलाइट टेक्नोलोजीको नयाँ डिजाइन सार्वजनिक गरेको छ।

सो नयाँ डिजाइनअनुसार सुधार भएको टेक्नोलोजीले हालैको हार्डवेयर प्लेटफर्मका साथमा ०.५ मिटर वा १.६ फिट भित्रको हाई रिजोल्युशनको तस्विर प्रदान गर्न सक्दछ ।

सो स्टार्टअब क्यापेलाको आफ्नो नयाँ स्याटेलाइट जसको कोड नेम सेक्यूआ राखिएको छ, त्यसले पनि रियल टाइममा सोहि प्रकारको कामगर्न सक्ने बताईएको छ ।

यसको अर्थ क्यापेलाका स्याटेलाइट ग्राहकहरुले ती स्याटेलाइटहरुबाट प्राप्त हुने तस्विरहरु आफूले चाहेको स्थानको बारेमा अझ स्पष्टरुपमा हेर्न सक्नेछन् ।

क्यापेलाको स्याटेलाइटहरु सिन्थेटिक एपेर्चर राडार(एसएआर) इमेजिंग स्याटेलाइटहरु हुन्, जसले यदि बादल लागेको छ वा रातीको समयमा पनि पृथ्विको कक्षको टूडी (2D)इमेजहरु प्रदान गर्न सक्षम हुनेछ ।

एसएआर इमेज रिजोल्युशन सामान्यतया ०.५ मिटरका रेन्ज भन्दा निकै उच्च हुन्छन् । र यो विशेषगरि साना स्याटेलाइटहरुबाट लिनु निकै चुनौतीपूर्ण कार्य हो । किनकी क्यापेलाका स्याटेलाइटहरु पनि साना प्रकृतिका छन् ।

क्यापेला स्पेसले गरेको यो अपग्रेडले भविश्यमा अमेरिकी सरकार प्रमुख ग्राहक हुनसक्ने बताईएको छ । जसमा अमेरिकी एयर फोर्स र नेशनल रिकोन्साइन्स अफिसले पनि त्यस्तो सुविधा किन्न सक्नेछ्।

क्यापेलाका आगामी ६ वटा स्याटेलाइटहरु यहि मार्चमा उडान भर्न तयार हुनेछन् । एजेन्सी

प्रकाशित: ८ माघ २०७६, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार