काठमाडौं ।
काठमाडौं । मार्केट भ्यालुकोअनुसार भारतकै सबैभन्दा ठुलो कम्पनी रिलायन्स इन्डस्ट्रीजलाई डिसेम्बर त्रैमासिकमा ११,६४० करोड भारु मुनाफा भएको छ । यसको साथै रिलायन्सको टेलिकम कम्पनी जियोको मुनाफामा पनि ६३ प्रतिशतले वृद्धि भएको छ ।
भारतीय अर्बपति मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रीजको टेलिकम इकाई जियोले गएको आर्थिक वर्षमा १,३५० करोड भारु नाफा कमाएको छ । कम्पनीका अनुसार गतवर्षको यसै त्रैमासिकमा कम्पनीलाई ८३१ करोड भारुको मुनाफा भएको थियो ।
रिलायन्स जियोको ग्राहक संख्याको कुरागर्दा डिसेम्वरमा समाप्त त्रैमासिकमा वर्षको आधारमा ३२.१ प्रतिशत बढेर ३७ करोड पुगेको छ ।
रिलायन्स इन्डस्ट्रीजका चेयरम्यान मुकेश अम्बानीले विज्ञप्तिमार्फत जियोको मोबाइल कनेक्टिभीटी सेवामा ग्राहकहरुको उत्साह बेजोड रहेको, जियो आफ्नो वायरलाइन पुर्वाधार ढाँचा, मनोरञ्जन र एफटीटीएक्स (फाइबर टुुर द एक्स अप्टिकल फाइबर) सेवाहरुको साथ बजारलाई फेरी परिभाषित गर्न प्रतिबद्ध रहेको बताए । एजेन्सी
प्रकाशित: ५ माघ २०७६, आईतवार