
काठमाडौं ।
काठमाडौं । एन्ड्रोयड स्मार्टफोन प्रयोग गर्ने प्रयोगकर्तालाई एक पटक फेरि चेतावनी आएको छ ।
वास्तवमा, रोमानियाको एन्टी भाइरस सफ्टवेयर एन्ड सेक्योरिटी कम्पनी बिटडिफेन्डरको एक रिसर्चर्स ले गूगल प्ले स्टोरमा १७ वटा यस्तो एप्स पत्ता लगाएका छन्, जसले फोन ब्याट्रीलाई छिटो डिस्चार्ज गर्दै आएको छ ।
साथै यी एप्सबाट फोनमा मालवेयर आउने खतरा पनि रहेको छ । यसमध्ये केहि एप्सलाई त एक लाख पटक भन्दा धेरै पटक इन्स्टल गरिएको छ ।
मालवेयर इन्स्टल हुने खतरा
यसमध्येबाट केहि एप्सलाई गूगलको सेक्योरिटी स्क्यानरले पनि पहिचान गर्न सकेको छैन्। जसकारण कयौँ यस्ता एप्स प्ले स्टोरमा अहिलेसम्म रहेको छ । यी एप्स स्मार्टफोनको ब्याट्री लाई छिटो खराब बनाउँछन् । साथै यसमा केहि यस्ता विज्ञापन आएका हुन्छन्, जसले फोनलाई ड्यामेज बनाउन पनि सक्छन् । एक्सपर्टका अनुसार यसबाट फोनमा मालवेयर पनि इन्स्टल हुन सक्दछन् । जसबाट प्रयोगकर्ताको ठुलो नोक्सान हुन सक्दछ । उनीहरुले यी सबै एप्सहरुलाई तुरुन्त हटाउन सल्लाह दिएका छन् ।
हाल पत्ता लागेका जोखिमयुक्त एप्सको नाम र डाउनलोड संख्या
एप डाउनलोड
कार रेसिंङ १,००,०००+
४के वालपेपर १,००,०००+
ब्याकग्राउन्ड ४के एचडी १,००,०००+
क्युआर कोड रिडर एन्ड बारकोट स्क्यानर प्रो १,००,०००+
फाइल म्यानेजर प्रो– म्यानेजर एसडि कार्ड १,००,०००+
भिमोओ सिटीःस्पीड रेसिंग ३डी १०,०००+
बारकोट स्क्यानर १०,०००+
स्क्रीन स्ट्रिम मिररिंग १०,०००+
क्युआर कोड–स्क्यान एन्ड रीड बारकोड ५,०००+
पीरियड ट्रयाकर–साइकल ओव्युलेशन वीमन्स ५,०००+
क्युआर एन्ड बारकोड स्क्यान रिडर ५,०००+
वालपेपर ४के, ब्याकग्राउन्ड एचडी १,०००+
ट्रान्सफर डेटा स्मार्ट १,०००+
एक्सप्लोरर फाइल म्यानेजर १,०००+
टुडे वेदर राडार ५००+
मोवनेट.आईओःबिग फिस फ्रेन्जी १०+
क्लक एलइडी १+
तपाईँको स्मार्टफोनमा पनि यी एप्स छनभने तत्काल डिलिट गर्नुहोस् ।
प्रकाशित: ४ माघ २०७६, शनिबार