
काठमाडौं ।
काठमाडौं । शाओमीकाे एमआई १० प्रो स्मार्टफोन स्न्यापड्रयागन ८६५ प्रोसेसरयुक्त सबैभन्दा पहिलो फोन हुन सक्नेछ ।
यसअघि आएको एक रिर्पोटअनुसार यो स्मार्टफोन मध्य फरवरीमा लन्च गरिनेछ । अर्थात यसको लन्चिङ सामसङ ग्यालेक्सी एस२० सिरीज लन्चिङ पछि गरिने छ ।
यद्पी एक विश्वसनिय टिप्स्टरको दाबी अनुसार एमआई १० प्रो फरवरीको शुरुवातमा नै लन्च गरिनेछ । यसको अर्थ शाओमीले एमआई १० प्रो सीरीजको लन्चिङ ११ फरवरी भन्दा पहिलै गर्न सक्नेछ । यो ग्यालेक्सी एस२० लन्च हुने तारिख हो ।
नोभेम्वरमा एमआई १० प्रो लाई चीनको ३सी डाटाबेसमा स्पट गरिएको थियो । अब यस फोन टेना डाटाबेसमा पनि हेर्न सकिन्छ । डाटाबेसकाअनुसार एमआई १० प्रो को मोडेल नम्बर एम२००१जे२इ÷सी हो । जानकारी अनुसार यो ५जी रेडी स्मार्टफोन हो । तर यसको फिचरहरु र स्पेकको बारेमा जानकारीहरु आएका छैनन् ।
एमआई १० प्रोको सम्भावित स्पेसिफिकेशनको कुरा गर्दा यसमा स्न्यापड्रयागन ८६५ प्रोसेसर दिईन सक्नेछ । साथै यो १०८ मेगापिक्सल प्राइमरी क्यामराको साथ क्वाड क्यामेरा सेटअपको हुन सक्ने सम्भावना रहेको छ ।
यसमा हाई रिफ्रेश रेट भएको ओएलइडि प्यानल र ६६ वाट फास्ट चार्जिङ सहितको हुन सक्ने चर्चा चल्दै आएको छ । शाओमीले यस स्मार्टफोनमा प्रिमियम मेटल बडी डिजाइन दिन सक्ने आशा गरिन्छ । एजेन्सी
प्रकाशित: ४ माघ २०७६, शनिबार