Technology Khabar १ माघ २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं ।इकमर्श कम्पनी अमेजनका मालिक जेफ बेजोसले हालै भारतमा १ अर्ब डलर लगानी गर्ने घोषणा गरेका छन् । उनको कम्पनी अमेजन डटकम इंकले भारतका साना तथा मध्यमस्तरका उद्यमहरुलाई डिजिटाइज गर्नका लागि १ अर्ब डलर लगानी गर्न लागेको हो ।
सो लगानीअन्तरगत सन् २०२५ सम्ममा १० अर्ब डलर बराबरको भारतमा निर्मित उत्पादनहरु निर्यात गरिने लक्ष्य लिईएको छ ।
हालै नयाँ दिल्लीमा आयोजित कम्पनीको इभेन्टमा बेजोसले २१ औं शताब्दी भारतीय शताब्दी हुने बताए ।
अमेजनले ५.५ अर्ब डलर भारतमा लगानी गर्ने प्रतिबद्धता जनाएको थियो जसले भारतको बजारलाई महत्वपूर्ण वृद्धि हुने बजारको रुपमा लिएको छ ।
भारत भ्रमणमा रहेका बेजोसले लगानी घोषणा गरिरहँदा भारतका साना व्यवसायीहरुले भने अमेजनको विरोध गरिरहेका छन् । एजेन्सी
प्रकाशित: १ माघ २०७६, बुधबार