Technology Khabar २६ पुष २०७६, शनिबार
काठमाडौं ।
काठमाडौं । प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा बीमा क्षेत्रमा करिब ४ दशक देखि कार्यरत रहेका विश्व तिमिला नियुक्त भएका छन् ।
निजको नियुक्तिको लागि कम्पनिको सञ्चालक समितिले सिफारिस गरि स्वीकृतको लागि बीमा समिति पठाएकोमा बीमा समितिले पुस १७ मा सो को स्वीकृत प्रदान गरेको थियो ।
यस अघि उनले नेको ईन्सुरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसके पश्चात् केही समय सोही कम्पनीको संञ्चालक समेत रही जिम्मेवारी निभाएका थिए ।
वि.सं २०३७ साल देखि ओरियन्टल ईन्स्योरेन्समा बजार अधिकृतका रुपमा क्यारियर शुरु गरेका तिमिला ले वि.सं २०५३ मा नेको ईन्स्येरेन्समा बरिष्ठ प्रबन्धकको रुपमा प्रवेश गरि प्रमुख कार्यकारी अधिकृतको पद सम्हालेका थिए ।
प्रकाशित: २६ पुष २०७६, शनिबार