Technology Khabar २६ पुष २०७६, शनिबार
काठमाडौं ।
काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावेले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोनको बिक्री दरको बारेमा जानकारी दिएको छ । हाल चीनमा मात्र उपलब्ध रहेको ह्वावेको मेट एक्स फोल्डेबल स्मार्टफोन मासिक १ लाख यूनिट बिक्री हुने गरेको बताएको हो ।
कम्पनीकाअनुसार गएको नोभेम्बर १५ तारिखदेखि चीनमा बिक्रीका लागि उपलब्ध रहेको सो फोल्डेबल स्मार्टफोन मेट एक्स मासिकरुपमा १ लाख यूनिटको दरले बिक्री हुने गरेको दाबी गरेको हो ।
यसको अर्थ हालसम्म ह्वावेले मेट एक्स डिभाइस करिब २ लाख यूनिट बिक्री गरिसकेको छ ।
यहिबिचमा चिनियाँ मिडयाहरुकाअनुसार ह्वावेले मेट एक्सको सिपिंग समयलाई कम गरेको छ । कम्पनीले शुक्रबार फ्ल्याश सेलमा सो डिभाइस किन्ने यूजरहरुलाई अर्को मंगलबारसम्म उपलब्ध गराउने भएको हो । यसअघि सो डिभाइस अर्डर गरेको एकसाता पछि मात्र ग्राहकले प्राप्त गर्दथे ।
हाल मेट एक्सको बजार मूल्य चीनमा १६,९९९ यूआन अर्थात करिब २,४४७ अमेरिकी डलर तोकिएको छ ।
केहि दिनअघि मात्रै सामसंगका सिईओले सिईएस २०२० को अवसरमा ४ लाख यूनिट भन्दा बढि फोल्डेबल डिभाइस बेचेको जानकारी दिएका थिए । ग्यालेक्सी फोल्डको बारेमा जानकारी दिँदै उनले फोल्डेबल फोनहरुको महंगो मूल्यका बाबजुद राम्रो माग रहेको बताएका थिए ।
प्रकाशित: २६ पुष २०७६, शनिबार