सामसंगले ल्यायो ‘रग्ड स्मार्टफोन’ ग्यालेक्सी एक्सकभर प्रो, जुनसुकै अवस्थामा प्रयोग गर्न सकिने

Technology Khabar २५ पुष २०७६, शुक्रबार

काठमाडौं ।

काठमाडौं । स्मार्टफोन मेकर कम्पनी सामसंगले सिईएस २०२० को अवसर पारेर नयाँ स्मार्टफोन लन्च गरेको छ । तर कम्पनीले अमेरिकाको सिईएस २०२० मा नभई फिनल्याण्डमा रग्ड स्मार्टफोन लन्च गरेको हो ।

सामसंगको यो स्मार्टफोनको नाम ग्यालेक्सी एक्सकभर प्रो राखिएको छ भने यो एक्सकभर सिरिजअन्तरगत आउनेछ ।

यो कुनैपनि चरम अवस्थामा वा मौसममा प्रयोग गर्न सकिने गरि निर्माण गरिएको छ ।

कम्पनीकाअनुसार यो स्मार्टफोन आउँदो जनवरी ३१देखि फिनल्याण्डमा उपलब्ध हुनेछ भने यसको मूल्य ४९९ यूरो तोकिएको छ ।

ग्यालेक्सी एक्सकभर प्रो स्मार्टफोनमा पन्च होल डिस्प्ले डिजाइन राखिएको छ भने यसको स्क्रीन ६.३ इन्च एलसिडी २४००x१०८० पिक्सेल रिजोलूसन सहितको छ । फोन अक्टा कोर एक्सनोज ९६११ चीपसेटमा आधारित छ भने यसमा ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज रहेको छ ।

फोटो खिच्नका लागि यसमा २५ मेगापिक्सेल प्लस ८ मेगापिक्सेलको रियर क्यामरा छ भने सेल्फीका लागि १३ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । एन्ड्रोयड ९.० मा आधारित यो स्मार्टफोन छिट्टै एन्ड्रोयड १० भर्सनमा अपडेट हुनेछ ।

कम्पनीकाअनुसार यो ग्यालेक्सी एक्सकभर प्रो स्मार्टफोन आईपी६८ वाटर तथा डस्ट रेसिस्ट्यान्ट रेटिंगसहित रहेको छ भने यो स्मार्टफोनले एमआईएल एसटिडी ८१० रग्डनेस सर्टिफिकेसन प्राप्त गरेको छ ।

पावरका लागि यो स्मार्टफोनमा रिमुभेवल अर्थात झिक्न मिल्ने ४०५० एमएएचको ब्याट्री प्याक रहेको छ ।

यो स्मार्टफोन विशेषगरि युरोपेली बजारहरुमा बिक्री गरिने बताईएको छ । एजेन्सी

प्रकाशित: २५ पुष २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया