नबिल बैंकको ३५औं वार्षिक साधारण सभा सम्पन्न

Technology Khabar २३ पुष २०७६, बुधबार

काठमाडौं ।

काठमाडौं । नबिल बैंकको पुस २२ गते बैंक सञ्चालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड््यालको अध्यक्षतामा बसेको ३५ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट नगद लाभांश २२ प्रतिशत र बोनस शेयर १२ प्रतिशत दिने प्रस्ताव पारित गरेको छ ।
विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।

बैंकले आ.व. २०७५/७६ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु.४ अर्ब २४ करोड हासिल गर्न सफल भएको छ । बैंकले जेथामा प्रतिफल १७.७६ प्रतिशत र प्रति शेयर आम्दानी रु.५०.५७ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब १ अर्ब पु¥याएको छ । बैंकको संचालन मुनाफा ६ अर्ब ३ करोड रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ६.६१ प्रतिशतले र ६.४५ प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ ।

बैंकको संचालक समितिका अध्यक्ष पौड्यालको सफल नेतृत्वमा अघि बढिरहेको यस बैंकको “नेटवर्थ” रु. २३ अर्ब १९ करोड रहेको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पूँजी यस बर्ष रु. १० अर्ब ९ करोड नाघेको जनाएको छ।

साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष पौड्यालले भने, “नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पु¥याउन सफल भएकोमा हामी गौरवान्वित रहेका छौं ।”

साधारण सभाकै अवसरमा गएको भदौ १४ गते केही बिदेशी नागरिकहरुद्वारा विभिन्न बैंकहरुको एटीएमबाट अनधिकृतरुपमा रकम निकालिएको घटनालाई उजागर गरी संलग्न ब्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउन सक्रिय भूमिका निर्वाह गरेबापत शेयरधनी समेतको सक्रियतामा बैंकका कर्मचारी, सुरक्षा गार्डहरु तथा महानगरिय प्रहरी बृत्त दरबारमार्ग काठमाडौंलाई सम्मान गरिएको थियो ।

प्रकाशित: २३ पुष २०७६, बुधबार

तपाइको प्रतिक्रिया