Technology Khabar २३ पुष २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । नोकियाले फेरी एकचोटी आफ्नो पुरानो आइकोनिक फोनलाई दोश्रो पटक सार्वजनिक गर्ने तयारीमा लागेको छ । कम्पनीले यसअघि नोकिया ३३१० सार्वजनिक गरेर मानिसहरुलाई आश्चार्यमा पारेको थियो । यसपछि पनि कम्पनीले पुरानो क्लासिक फोन दुईपटक सार्वजनिक गरेको थियो ।
नोकियाको हेडसेट बनाउने लाईसेन्स फिनल्याण्डको कम्पनी एचएमडी ग्लोबलसँग रहेको छ । हालै आएको रिपोर्टअनुसार कम्पनीले नोकियाको पुरानो र लोकप्रिय फोन पुन लन्च गर्ने तयारी गरीरहेको छ ।
एचएमडी ग्लोबलका चिफ प्रोडक्ट अफिसर जुहो सरभिकासले ट्विट गर्दै नयाँ फोनको बारेमा केहि जानकारी दिएका छन । यद्पी यस ट्विटमा उनले एडिडास ओरीजिनल्स स्नीकर्सको फोटो पोस्ट गरेका छन । यससँगै उनले लेखेका छन् ,‘मैले यो एडिडास ओरीजिनल्सको लिमिटेड एडिसन पेपर प्राप्त गरेको छु, यसको अर्थ हामीले नयाँ नोकिया ओरिजनल फोन लन्च गर्नु पर्दछ ।
जुहो सरभिकासको यस ट्वीटले बहस सुरु गराएको छ कि अब कम्पनी कुन पुरानो आईकोनिक मोबाइल फोन लन्च गर्ने तयारीमा छ भनेर । किनभने कुनै समय नोकियाको मोबाइल फोन पुरा विश्वभर लोकप्रिय र चर्चित थियो ।
मोबाइल वल्र्ड कङ्ग्रेस अर्थात एमडब्लुसी २०२० को सुरुवात २४ फरवरीबाट हुँदैछ, र सो अवधिभित्रै एचएमडी ग्लोबलले नोकिया फोन रिलन्च गर्न सक्छ ।
तर यो प्रस्ट छैन कि यो कुन फोन हुनेछ । अहिलेसम्म कम्पनीले नोकिया ३३१०, नोकिया ८११० ४जी र नोकिया २७२० ४जी सार्वजनिक गरेको छ । एजेन्सी
प्रकाशित: २३ पुष २०७६, बुधबार