रा.वा.बैंक कर्मचारी संघ नेपालको सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

  • Technology Khabar | २० पुष २०७६, आईतवार
रा.वा.बैंक कर्मचारी संघ नेपालको सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

काठमाडौं ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको स्थापना, विकास, विस्तार तथा गरिमा बृद्धिमा उच्च योगदान गर्ने बैंकको सेवाबाट निवृत्त हुनुभएका कर्मचारी संघका ६७ जना पूर्व पदाधिकारीहरुलाई कर्मचारी संघले एक समारोहका बीच दोसल्ला तथा सम्मानपत्र सहित सम्मान तथा बिदाइ गरेकोे छ ।

सो कार्यक्रममा विभिन्न विषयका विद्धानहरुको लेख समेटिएको संघको मुखपत्र लक्ष्ययात्रा २०७६ को विमोचन समेत गरिएको थियो । कार्यक्रममा पेशागत हक, हित तथा सस्थाको सम्बद्र्धनका बिषयमा ब्यापक रुपमा विषयहरु उठान गरिएको थियो ।

सो कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ (BIFU) नेपालका राष्ट्रिय समितिका अध्यक्ष नारायण प्रसाद सुवेदी, पूर्व अध्यक्षहरु वेदबहादुर लावती, शिबकुमार अधिकारी, महेशराज खरेल, पूर्व उपाध्यक्ष रोहित रेग्मी, पूर्व सचिव सुमित्रा बि.सी.ले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रकाशित: २० पुष २०७६, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...