
काठमाडौं ।
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट(इमेल सहित)को सेवा संचालन गरिरहेका कम्पनीहरुले ग्राहकसँग गरिने सम्झौता प्राधिकरणबाट स्वीकृत भएअनुसार मात्र गराउन सम्पूर्ण इन्टरनेट सेवा प्रदायकहरुलाई भनेको छ ।
प्राधिकरणले इन्टरनेट सेवा संचालन तथा प्रदान गर्ने कम्पनीहरुले इन्टरनेट सेवाका ग्राहकहरुले भर्नुपर्ने आवेदन फाराम तथा ग्राहकसँग गरिने सम्झौता अनुसार गर्नु गराउन सबै कम्पनीहरुलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।
सो भन्दा फरक हुनेगरि शर्तहरु राखी इन्टरनेट सेवाका ग्राहकहरुलाई फाराम भराउँदा वा सम्झौता गर्दा इन्टरनेट सेवाको अनुमतिपत्रको शर्तअनुसार स्वीकृति लिनुपर्ने बारेमा समेत सचेत गराएको छ ।
यदि अनुमतिपत्रको शर्त बमोजिम कार्य नभएको पाईएमा इन्टरनेट सेवा प्रदायकहरुलाई दूरसंचार ऐन, नियम बमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ।
प्रकाशित: १९ पुष २०७६, शनिबार