भारतमा केबल टिभीको शुल्क घटायो नियमनकारी निकायले, अब १३० भारुमा २०० वटा च्यानल

  • Technology Khabar | १८ पुष २०७६, शुक्रबार
भारतमा केबल टिभीको शुल्क घटायो नियमनकारी निकायले, अब १३० भारुमा २०० वटा च्यानल

काठमाडौं ।

काठमाडौं । भारतमा अब ग्राहकहरुले सस्तो मूल्यमा डिजिटल केबल टिभी सेवा पाउने भएका छन् । हालै भारतको टेलिकम रेगुलेरट अथोरिटी अफ इण्डिया(ट्राई)ले अंग्रेजी नयाँ वर्षदेखि मानिसहरुलाई न्यूनतम शुल्कमा अधिकतम सेवा दिने नियम ल्याएको छ ।

ट्राईले हालै नयाँ नियमअनुसार मार्च १ २०२० देखि १३० भारुमा ग्राहकहरुले २०० वटा फ्रि टू एयर च्यानल हेर्न पाउने भएका हुन् । यसअघि १३० भारुमा केबल १०० वटा फ्रि टू एयर च्यानल मात्र हेर्न पाईने सुविधा थियो ।

ट्राईले सो नयाँ नियमलाई स्पष्ट पार्दै सरकारको सूचना तथा प्रशारण मन्त्रालयले अनिवार्य घोषित गरेको च्यानहरुलाई भने फ्रि च्यानलमा जोड्न पाईनेछैन् । यसमा दूरदर्शको २६ वटा च्यानल छन् ।

नयाँ ट्यारिफ पोलिसीअनुसार कुनैपनि केबल अपरेटरले आफ्नो एउटा प्लेटफर्ममा सबै फ्रि टू एयर च्यानलहरुका लागि १६० रुपैयाँ प्रति महिनाभन्दा अधिक असुल गर्न पाउने छैनन् ।

ट्राईले गत वर्ष भारतमा नयाँ शुल्क नियम लागू गरेको थियो जसले गर्दा ग्राहकहरुले केबल टिभी सेवा शुल्क बढेको गुनासो गर्दै आएका थिए । अब लागू भएको नियमअनुसार भने ग्राहकहरुले ती च्यानलहरुको मात्र रकम तिर्नुपर्नेछ जुन उनीहरुले हेर्न चाहेका छन् ।

ट्राईको नयाँ नियमअनुसार एउटै ग्राहकले दोस्रो वा अतिरिक्त कनेक्सन जोड्दा पनि ४० प्रतिशतको छुट घोषणा गरिएको छ । अहिलेसम्म दुबै कनेक्सनमा एउटै शुल्क तोकिएको थियो ।

प्रकाशित: १८ पुष २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...