काठमाडौं ।
काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावेसँग ५७ करोड सक्रिय मासिक यूजर्सहरु रहेका छन् । कम्पनीले डेभलपर डेको अवसरमा सो जानकारी सार्वजनिक गरेको हो ।
कम्पनीकाअनुसार हाल विश्वभर १२ लाख दर्ताभएका डेभलपरहरु रहेका छन्।
ह्वावेले हालै ह्वावे डेभलपर डे डालियान स्टेशन खुला गरेको छ। जहाँ टर्मिनल सेक्यूरिटी, ह्वावे डेभईको स्टूडियो डेभलपमेन्ट गाइडेन्स, एआर
भीआर ईन्जिन, र अन्य प्रविधिहरुको बारेमा कुराकानी तथा छलफल हुनेछ । यसका साथै नयाँ फीचरहरु जसमा एप ग्यालरी कनेक्सन र फास्ट सर्भिसलगायतमा पनि कुराकानी हुने बताईएको छ ।
पछिल्लो दिनमा ह्वावेले अमेरिकी प्रतिबन्धपछि आफ्नै इकोसिस्टम विकास गरीरहेको छ ।
प्रकाशित: ११ पुष २०७६, शुक्रबार