काठमाडौं ।
काठमाडौं । भारतमा नागरिकता संशोधन कानून(सीएए)को विरोधमा भारतको राजधानी नयाँ दिल्लीमा पनि विरोध प्रदर्शन तिब्र भएको छ । सो विरोध प्रदर्शनका कारण दिल्लीका कयौं स्थानहरुमा मोबाइल तथा इन्टरनेट सेवा बन्द गरिएको छ ।
सरकारी आदेशमा भारतका मोबाइल फोन अपरेटरहरुले कयौं स्थानमा मोबाइल फोन सेवा बन्द गरेका हुन् । मोबाइल अपरेटरहरुले कलिंग तथा एसएमएस सेवामा पनि रोक लगाएका छन् ।
हालै टेलिकम कम्पनी एयरटेलले मेसेज पठाउँदै फोन कल, एसएमएस र मोबाइल इन्टरनेट सेवा बन्द गरेको जानकारी दिएको छ । सरकारी अधिकारीहरुको आदेशमा दिल्लीका तोकिएका क्षेत्रहरुमा सेवा बन्द गरिएको कम्पनीले जानकारी दिएकोछ ।
एयरटेलसहित भोडाफोन आइडिया र रिलायन्स जियोले पनि दिल्लीका केहि क्षेत्रहरुमा फोनकल, एसएमएस र मोबाइल इन्टरनेट सेवा बन्द गरेका छन् ।
टेलिकम कम्पनीहरुले दिल्लीको मन्डि हाउस, सीलमपुर, जाफराबादलगायतका क्षेत्रहरुमा सेवा बन्द गरेका हुन् । एजेन्सी
प्रकाशित: ३ पुष २०७६, बिहीबार