काठमाडौं ।
काठमाडौं । टेस्ला तथा स्पेस एक्सका मालिक एलन मस्कको कम्पनीले अन्तरिक्षमा गाँजालाई पुर्याउने भएको छ ।
एग्रो टेक कम्पनी फ्रन्ट रेन्ज बायोसाइन्सेजले इन्टरनेशनल स्पेस स्टेशनमा स्पेसएक्स कार्गोमार्फत आगामी मार्चमा गाँजा लैजाने योजना गरिरहेको छ ।
अनुसन्धानका लागि लैजाने सो गाँजामा ग्राभिटीको प्रभावको बारेमा अध्ययन गरिने बताईएको छ । भांगको कल्चर गरिएको प्लान्ट सेल र कफीलाई स्पेसएक्स सीआरएस२० कार्गोबाट लैजानेछ ।
सो स्टेशनमा करिब ३० दिन त्यसलाई इन्क्यूबेटरमा राखिनेछ भने बायो सर्भ स्पेट टेक्नोलोजीजले यूनिभर्सिटी अफ कोलोराडोबाट त्यसलाई अनुगमन गरिनेछ ।
पुन पृथ्विमा फर्काईयो सो कोषलाई ग्राभिटी लेभेल फरक हुँदा के असर पर्यो र कस्मिक रेडियसनको प्रभाव बारे अध्ययन गरिनेछ । एजेन्सी
प्रकाशित: ३ पुष २०७६, बिहीबार