स्मार्टफोन मेकर नोकियाको पहिलो स्मार्ट टिभी सार्वजनिक, ५५ इन्चको फोरके यूएचडी डिस्प्ले

Technology Khabar २० मंसिर २०७६, शुक्रबार

काठमाडौं ।

काठमाडौं । स्मार्टफोन मेकर कम्पनी नोकियाले आफ्नो पहिलो स्मार्ट टिभी भारतमा सार्वजनिक गरेको छ । कम्पनीको नोकिया ब्राण्डमा आएको यो स्मार्ट टिभी भारतीय ईकमर्श कम्पनी फ्लिपकार्टले बनाएको हो ।

नोकिया ब्राण्डमा यो पहिलो स्मार्ट टिभी हो । यसमा ५५ इन्चको फोरके अल्ट्रा हाई डेफिनिसन स्क्रीन राखिएको छ भने यसमा एन्ड्रोयड ९.० टिभी अपरेटिंग सिस्टम तथा जेबिएलको अडियो टेक्नोलोजी दिईएको छ । फ्लिपकार्टले अडियो क्वालिटीलाई विशेषगरि हाइलाइट गरेको छ ।

हाल भारतीय बजारमा मात्र उपलब्ध हुने सो नोकिया स्मार्ट टिभीको मूल्य भारु ४१,९९९ तोकिएको छ । यो टिभीको बिक्री यहि डिसेम्बर १० तारिखदेखि शुरु हुनेछ ।

सो टिभी खरिदमा ग्राहकहरुले स्ट्याण्ड, वाल माउन्ट र एउटा ब्लूटूथ रिमोट साथमा प्राप्त गर्नेछन् । सो रिमोटमा भ्वाइस कमाण्डका लागि गूगल असिस्टेन्टको सपोर्ट उपलब्ध हुनेछ ।

यो टिभीमा म्यानुफ्याक्चरिंग डिफेक्ट्सका लागि तीन सालको वारेन्टी र एक्सिडेन्टल ड्यामेज समावेश रहेको छ ।

नोकियाको यो स्मार्ट टिभीमा क्वाड कोर प्रोसेसर राखिएको छ भने यसमा २.२५ जीबी र्याम तथा १६ जीबी स्टोरेज रहेको छ ।

यसमा डब्ली भिजन सपोर्ट, एमईएमसी तथा उत्कृष्ट भिजुअल एक्सपेरियन्सका लागि इन्टेलिजेन्ट डिमिंग फीचर पनि छ । कनेक्टिभिटीका लागि यसमा एडिएमआई पोर्ट, दुईवटा यूएसबी पोर्ट, वाईफाई र ब्लूटूथ ५.० भर्सन रहेको छ ।

फ्लिपकार्टले भविश्यमा नोकिया ब्राण्डका थप मोडलहरु समेत ल्याउने जानकारी दिएको छ ।

प्रकाशित: २० मंसिर २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया