साग खेलकुदको टिकेटिङ पार्टनरमा इसेवा नियुक्त, सम्पूर्ण टिकट अनलाइनमार्फत किन्न पाईने

  • Technology Khabar | १२ मंसिर २०७६, बिहीबार
साग खेलकुदको टिकेटिङ पार्टनरमा इसेवा नियुक्त, सम्पूर्ण टिकट अनलाइनमार्फत किन्न पाईने

काठमाडौं ।

काठमाडौं । नेपालमा आयोजना भइरहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को टिकट अनलाईबाट विक्री गर्नका लागि टिकेटिङ पार्टनरमा इसेवालाई नियुक्त गरिएको छ । यससँगै काठमाडौमा हुने भलिबल, फुटबल, बास्केटबल र क्रिकेटको टिकट दर्शकले इसेवा मार्फत सहजै खरिद गर्न सक्नेछन् ।

दर्शकले साग डट इसेवा डटकम डट एनपी ( sag.esewa.com.np)  मा गइ आफुले हेर्न चाहेको खेलको टिकट खरिद गर्न सक्नेछन् । टिकट खरिद गर्दा खेल हेर्ने दर्शकले आफ्नो नाम र मोबाईल नम्बर राखेर आफ्नै मोबाईलमा टिकटको इलेक्ट्रोनिक कपी डाउनलोड गर्न सकिनेछ । हरेक टिकटमा दर्शकको नाम, मोबाईल नम्बर र युनिक क्यूआर कोड रहनेछ ।

दर्शकले प्रवेशद्धारमा आफ्नो टिकट र परिचयपत्र अनिवार्य देखाउनु पर्नेछ । उक्त टिकट रियल टाइममै भेरिफाई हुने र आइडी कार्ड देखाएपछि दर्शकले प्रवेश पाउनेछन् । यो टिकटिङ प्रणालीले टिकटमा हुने कालोबजारी र फर्जी टिकटको समस्याको समाधान गर्ने कम्पनीको दाबी छ ।

यस्तै यसपटक फुटबल म्याचमा सिट नम्बरसहितको टिकट उपलब्ध रहेकाले आफ्नो टिकटमा उल्लेखित सिट नम्बरमा बसेर खेल हेर्न सकिनेछ ।

इसेवा एकाउण्ट भएका व्यक्तिले सिधै मोबाईलबाट टिकट खरिद गर्न सक्नेछन् । इसेवा एकाउण्ट नभएका व्यक्तिहरूले नजिकैको साईबर, स्टेसनरी, कम्युनिकेशन (इसेवा जोन तथा पोइन्ट) मा गइ अनलाइन टिकट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित: १२ मंसिर २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार