काठमाडौं ।
काठमाडौं । एन्ड्रोयड स्मार्टफोनमा फेसबुक प्रयोग गर्नेहरुका लागि खुशीको खबर छ । कम्पनीले डार्क मोड उपलब्ध गराउन शुरु गरेको छ ।
यसअघि केहि सिमित यूजर्सलाई मात्र उपलब्ध भएको डार्क मोडका लागि एपको मोबाइल इन्टरफेस स्विच गर्न सकिने सुविधा दिएको थियो ।
हाल आएको एक रिपोर्टअनुसार फेसबुकले अब अन्य एन्ड्रोयड यूजर्सलाई पनि डार्क मोड सुविधा दिएको छ ।
हालै रेडिट, ट्विटरलगायतका सामाजिक संजालमा आएका जानकारीअनुसार पनि यूजर्सले डार्क मोड प्रयोग गर्न थालेका छन् । विशेषगरि भारत, मलेशिया र इटालीका यूजर्सलाई सो सुविधा दिईएको छ ।
फेसबुकको डार्क मोड सबैका लागि भने केहि पछि मात्र आउने बताईएको छ । कम्पनीले यसअघि नै मेसेन्जर र फेसबुक वेबसाइटमा डार्क मोड सुविधा दिईसकेको छ ।
प्रकाशित: १० मंसिर २०७६, मंगलवार