टिकटकको मुख्य कम्पनी बाइटडान्सले म्यूजिक स्ट्रीमिंग सर्भिस ल्याउने

  • Technology Khabar | ३ मंसिर २०७६, मंगलवार
टिकटकको मुख्य कम्पनी बाइटडान्सले म्यूजिक स्ट्रीमिंग सर्भिस ल्याउने

काठमाडौं ।

काठमाडौं । सोशल भिडियो एप टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले आगामी महिनासम्ममा आफ्नै म्यूजिक स्ट्रीमिंग सर्भिस लन्च गर्ने तयारीमा रहेको छ । सो सर्भिस सबैभन्दा पहिलो बाइटडान्सले भारत, ब्राजिल र इण्डोनेशियामा लन्च गर्ने तयारी गरेको छ ।

हालै आएको एक रिपोर्टअनुसार कम्पनीले ठूला म्यूजिक कम्पनीहरु यूनिभर्सल, सोनी, र वार्नर म्यूजिकसँग ग्लोबल लाइसेन्सिंग डीलमा कुराकानी गरिरहेको छ । बाइटडान्स ती कम्पनीहरुको गीत संगितलाई आफ्नो नयाँ म्यूजिक सब्सक्रिप्सन सर्भिसमा समावेश गर्नेछ ।

सो सेवालाई पछि अमेरिकामा पनि शुरु गर्नेछ ।

सोशल भिडियो एप टिकटकले एप स्टोर र गूगल प्ले स्टोरमा विशवभर १ अर्ब ५० करोड डाउनलोड्स पुरा गरिसकेको छ । टिकटकका सबैभन्दा धेरै प्रयोगकर्ताहरु भारतमा रहेका छन जहाँ ४६ करोड भन्दा बढि डानउलोड रहेको छ । एजेन्सी

प्रकाशित: ३ मंसिर २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार