राष्ट्रिय वाणिज्य बैंकद्धारा राष्ट्रिय महिला भलिबल टिमलाई बधाई तथा सम्मान

Technology Khabar ३ मंसिर २०७६, मंगलवार

काठमाडौं ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्धारा नेपाली राष्ट्रिय महिला भलिबल टिमले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जितेको हुदा सोमबार एक कार्यक्रमका बीच नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई सम्मानपत्र, पुरस्कार प्रदान गरेर बधाई तथा सम्मान व्यक्त गरेको छ ।

हालै बंगलादेशमा सम्पन्न भएको Asian Central Zone Senior Women Volleyball प्रतियोगितामा नेपाली राष्ट्रिय महिला भलिबल टिम प्रथम भएको थियो ।

सो कार्यक्रममा बैंक संचालक समितिका सदस्य निर्मलहरि अधिकारीले बैंकले भलिबललाई विगत देखि गरेको सहयोगको परिणाम आएको र अन्तर्राष्ट्रिय रुपमा प्राप्त भएको उपलब्धिले देशको शिर उच्च भएको बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियतालाई देखेर बैंकले केही वर्ष अगाडि देखिनै सहयोग गरेको बताउंदै यस्तो कार्यक्रमले खेल खेलाडीहरुको मनोबल बढ्ने बताए।

राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघ बीच RBB-NVA राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितालाई मूख्य प्रायोजन गर्ने सम्झौता ४ वर्ष देखि रहँदै आएको बैंकले जानकारी दिएको छ ।

प्रकाशित: ३ मंसिर २०७६, मंगलवार

तपाइको प्रतिक्रिया