Technology Khabar २ मंसिर २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । सन् २०१९ को अन्त्यसम्ममा दक्षिण कोरियामा ५जी सेवा दिने ग्राहकहरुको संख्या ५० लाख नाध्ने अनुमान गरिएको छ ।
सामसंग इलेक्ट्रोनिक्सकाअनुसार जुलाईको अन्त्यमा ४० लाख ग्राहकहरुको वृद्धिदर सकारात्मक देखिएपछि ५० लाख नाध्ने अनुमान गरिएको हो ।
‘कोरियामा तिब्रगतिमा निर्माण भएको ५जी नेटवक्र्सले गर्दा ५जी प्रयोगकर्ताहरुको संख्या वृद्धिमा सहयोग गरेको हो,’ सामसंग आर एण्ड डी इन्स्टिच्यूट चाइना बेईजिंगका अध्यक्ष दाइजुन झांगले भने ।
हाल दक्षिण कोरियाका करिब ८५ वटा शहरहरुमा ५जी नेटवर्कको पहुँच रहेको छ जहाँ सन् २०१९ सम्ममा कोरियाको कुल ९३ प्रतिशत हिस्सा पुग्नेछ । यसले गर्दा स्मार्ट एप्लिकेसनहरु प्रदान गर्न सहयोग पुग्ने बताईएको छ, जसअन्तरगत स्मार्ट म्यानुफ्याक्चरिंग सोलुसन फा बिटूबी मार्केट,क्लाउड, भीआर र बिटूबी मार्केटका लागि अडियो भिडियो स्ट्रिमिङ्ग सर्भिस हुने झांगले उल्लेख गरे ।
कोरियामा ५जी सेवाहरुको पहुँच यसअघिको ४जी सेवाको भन्दा २.५ गुणा दोब्बरले बढिरहेको छ ।
५जी सेवाको शुरुवातसँगै कोरियाली टेलिकम कम्पनीहरुको औसत प्रति यूजर आम्दानीमा समेत करिब २० प्रतिशतले बढाउन सहयोगी भएको छ ।
सन् २०२० मा कोरियामा ५जी फोनहरुको पहुँच ३० प्रतिशत हुनेछ र यो सन् २०१९ को तुलनामा १० प्रतिशत बढि हुने प्रक्षेपण गरिएको छ । हाल कोरियाको ५जी फोन बजारमा सामसंगको हिस्सा ८० प्रतिशत रहेको छ । एजेन्सी
प्रकाशित: २ मंसिर २०७६, सोमबार