Technology Khabar २ मंसिर २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । बेलायतको मुख्य विपक्षी दल सम्पुर्ण बेलायतीहरुलाई देशभर निशुल्क तिब्रगतिको ब्रोडब्याण्ड दिने घोषणा गरेको छ । लेबर पार्टिका नेता जेरेमी कोर्बिनले शुक्रबार आफ्नो भाषणमा उनको पार्टिले डिसेम्बर १२ हुन लागेको निर्वाचन जितेमा देशभर तिब्रगतिको र उच्च गतिको फूल फाइबर ब्रोडब्याण्ड सन् २०३० देखि दिने अपेक्षा गरेका हुन् ।
सो दलले बिटी ग्रुपको केहि भागलाई राष्ट्रियकरण गरेर उच्च गतिको ब्रोडब्याण्ड कनेक्सन दिने उल्लेख गरेको हो । यस योजनाअन्तरगत बेलायतको ठूलो ब्रोडब्याण्ड तथा मोबाइल सेवा प्रदायकको केहि भागलाई राष्ट्रियकरण गरिनेछ । यसबाहेक रेलवे र हुलाक सेवामा पनि सोहि योजना लिईने बताईएको छ ।
लेबर सरकारले आगामी दिनमा बिटीको टेलिकम पूर्वाधार क्षेत्रलाई लिनेछ र त्यसलाई नयाँ सार्वजनिक निकायको रुपमा ल्याउनेछ, जसलाई ब्रिटिस ब्रोडब्याण्ड भनेर चिनिनेछ । तर कसरी सरकारले राष्ट्रियकरणको लागि रकम तिर्छ भन्ने स्पष्ट छैन् ।
पार्टिकाअनुसार निशुल्क तिब्रगतिको ब्रोडब्याण्ड १ करोड ८० लाख मानिसहरुलाई सन् २०३० सम्ममा पुर्याउनका लागि करिब १ अर्ब ९७ करोड अमेरिकी डलर लाग्नेछ ।
त्यसैगरि वार्षिक मर्मत शुल्क करिब २९ करोड ६० लाख अमेरिकी डलर लाग्ने लेबर पार्टिको अनुमान छ र यसको लागि बहुराष्ट्रिय कम्पनीहरु अमेजन, फेसबुक, गूगल जस्ता कम्पनीहरुबाट कर उठाईनेछ ।
सन् २०१८ डिसेम्बरको तथ्यांकअनुसार बेलायतका अधिकांश भागहरुमा अझै कमजोर संचार सेवाहरु रहेका छन् ।
केबल ६ प्रतिशत घरहरु र कार्यालयहरुमा मात्र पूर्ण फाइबर कनेक्सन पुगेको बेलायती कम्यूनिकेसन रेगुलेटर अफकमले उल्लेख गरेको छ । पूर्णरुपको फाइबर कनेक्सनले १ गीगाबाईट प्रति सेकेण्डको गतिमा डाटा डाउनलोड गर्न सकिन्छ । एजेन्सी
प्रकाशित: २ मंसिर २०७६, सोमबार