Technology Khabar २ मंसिर २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । सफ्ट्वेरिका कलेज अफ आइ टि एन्ड इ कमर्सले बेलायतको ‘डिजी प्रोग्राम’ नेपालमा भित्र्याएको छ । बेलायत सरकार मातहत दर्ता भइ बिद्यालय र उच्च शिक्षा सम्बन्धि पठ्यक्रम निर्माण गर्ने एन सि सि एजुकेसनले तयार गरेको डिजी प्रोग्रामलाई नेपालमा ‘डिजी स्कुल नाम दिइएको छ ।
कक्षा १ देखि ११ सम्मका बिद्यार्थीका लागि तयार गरिएको कम्प्युटर शिक्षाको पाठ्यक्रम ‘डिजी स्कुल’ सुरु भए पछि नेपाली स्कुले बिद्यार्थीले पनि अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा पाउने भएका छ्न।
‘डिजी स्कुल’ को औपचारिक उद्घाटन गर्न नेपाल आइपुगेका एन सि सि एजुकेसन बेलायतका चिफ अपरेटिङ अफिसर एलन नोर्टनले ‘डिजी प्रोग्राम’ बेलायत, सिङगापुर, पाकिस्तान, भारत लगायत देशहरुमा लोकप्रिय रहेको बताए । यो कोर्ष पढ्ने बिद्यार्थीले एन सि सि एजुकेसन बेलायत बाटै प्रमाणपत्र पाउने नोर्टनले जानकारी दिए ।
‘डिजी स्कुल’ सन्चालन गर्न चाहने कुनै पनि स्कुलले सफ्ट्वेरिका कलेज सँग सम्पर्क गरि अध्यापन सुरु गर्न सक्ने बताईएको छ।
एस इ इ सकेर कम्प्युटर सिक्न जाने प्रचलन रहेको हाम्रो परिवेशमा ‘डिजी स्कुल’ पढ्ने बिद्यार्थीले स्कुले समयमै जाभा, पाइथन, सिउडोकोड, स्क्रयाच, डाटा साइन्स, साइबर सेक्युरिटी, फोटो भिडियो सम्पादन, कम्प्युटर हार्ड्वयररमर्मत लगएत बिषय सिक्ने छ्न साथै आफै सफ्ट्वेर निर्माण गर्ने दक्षता राख्ने सफ्टवेरिकाकी डिजी स्कुल, प्रोग्राम अफिसर सम्झना बडालले बताइन ।
यो अध्यापन अनलाइन र अफलाइन दुबै प्रणाली बाट गर्न सकिने छ । कम्प्युटर सिस्टममा हरेक बिद्यार्थीको आआफ्नै लग इन हुने भएकाले उनीहरुको प्रगति बिवरण शिक्षकले चाहेको बेला सजिलै हेर्न सक्छ्न ।
नेपालका स्कुले बिद्यार्थीले पनि अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा पाउन भन्ने उद्देश्यले डिजी स्कुल नेपालमा ल्याएको हो । आइ जि सि एस इ (इन्टरनेसनल जनरल सर्टिफिकेट अफ सेकेण्डरि एजुकेसन)ले समेत डिजी प्रोग्रामलाई मान्यता दिएको नोर्टनले बताए।
सामयिक परिवर्तन सगै बिश्व डिजिटल वर्ल्डमा प्रवेश गरिरहँदा नेपालमा पनि प्राबिधिक क्रान्तिको जरुरी भएको कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए। ‘२र३ दशक अगाडि अङ्ग्रेजी पढ्न बोर्डिङ स्कुलको लहर आयो,’ श्रेष्ठ थप्छन् ‘अब भने स्कुल देखि नै प्राबिधिक शिक्षाको लहर आउनु जरुरी छ । यहि कुराले हामीलाई डिजी स्कुल सुरु गर्न हौस्यायो ।’
नेपालमा प्राबिधिक शिक्षाको बिकासका गर्न यस सफ्ट्वेरिका कलेज अफ आइ टि एन्ड इ कमर्सले सन २०१० देखी एन सि सि एजुकेसन बेलायत संग विभिन्न प्राबिधिक शिक्षामा सहकार्य गर्दै आइरहेको जनाएको छ ।
प्रकाशित: २ मंसिर २०७६, सोमबार