Technology Khabar २ मंसिर २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले केहि दिनअघि काठमाडौंभित्रका तारहरुलाई भूमिगत गर्न नेपाल टेलिकमलाई जिम्मा दिने निर्णय गरेसँगै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले यसको विरोध गरेका छन् ।
इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल(आइस्पान) ले बिजुली र टेलिफोनको खम्बामा तार टाँगेर आफूहरुले अहिले दिँदै आएको इन्टरनेट सेवालाई जोखिममा पार्ने भन्दै नेपाल दूरसंचार कम्पनी(नेपाल टेलिकम)लाई दिँदा आफूहरुको लगानी असुरक्षित हुने दाबी गरेको छ।
इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठनले तारहरु भूमिगत गर्दा आफ्नो लगानी खेर जाने दाबी गरेका हुन् । उनीहरुले ग्राहकहरुलाई उच्च गतिको इन्टरनेट सेवा एकै दिनमा दिन निजी क्षेत्रले गर्दा नै संभव भएको भन्दै यो कार्य सम्भव हुनुमा बिजुलीका पोलहरु र टेलिफोनका पोलहरुको प्रयोगले भएको जिकिर गरेका छन् ।
‘नेपाललाई फाइबर टू दि होम प्रविधिहरुलाई बैंकिङ्ग कारोबार गर्न, ठूला ठूला उद्योगधन्दाहरुलाई, शैक्षिक संस्था तथा अन्य संघ संस्थाहरुलाई विश्व स्तरीय तथा उच्चस्तरीय सेवा प्रदान गर्न सकेको छ । यस्तो छिटो प्रगति छिमेकी मुलुक भारतमा भन्दा पनि द्रुतगतिमा फाइबरको पहुँच पुग्नु मुलुकको दुरसंचार प्राधिकरणको र सेवा प्रदायकहरुको गौरवको विषय भएको छ । यो कार्य संभव हुनुमा हाल प्रयोग भएको बिजुलीका पोलहरु र टेलिफोनका पोलहरुको प्रयोगले गर्दा नै भएको हो ।,’ इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल(आइस्पान)का अध्यक्ष भोजराज भट्टले दूरसंचार प्राधिकरणमा कात्तिक २९ गते बुझाएको पत्रमा उल्लेख छ ।
उनीहरुले मूल सडकहरुमा तारहरुलाइृ भूमिगत गर्ने कुरा समयसापेक्षा भएकोमा दुईमत नभएको भन्दै समयसीमा तोकेर पहिलाको लगानीलाई सुरक्षित गरेर क्रमिकरुपमा भूमिगत अवतरण गर्नुपर्ने बताएका छन् ।
उनीहरुले निजी क्षेत्रका सेवा प्रदायकहरुको मूख्य मूभिका रहँदै आएकोले कुनैपनि भूमिगत संयन्त्र गर्दा निजी क्षेत्रले प्रविधिमा गरेको लगानीको सुरक्षा र भविश्यमा केवल तारहरुलाई भूमिगत गर्ने बेला निजी क्षेत्रसँग पनि सहकार्य गर्नुपर्ने माग गरेका छन् ।
टेलिकमलाई मात्रै एकलौटी सो काम दिन नहुने भन्दै हालको फाइबर पूर्वाधार पोलमा रहेको ‘रिटर्न अन इन्भेष्टमेन्ट’लाई पनि विचार गर्न अनुरोध गरेका छन् ।
हेर्नुस आइस्पानले नेपाल दूरसंचार प्राधिकरणलाई बुझाएको पत्र-
प्रकाशित: २ मंसिर २०७६, सोमबार