फेसबुकले ल्यायो इ-वालेट सेवा ‘फेसबुक पे’, प्रयोगकर्ताले रकम पठाउन र भुक्तानीमा प्रयोग गर्नसक्ने

  • Technology Khabar | २८ कार्तिक २०७६, बिहीबार
फेसबुकले ल्यायो इ-वालेट सेवा ‘फेसबुक पे’, प्रयोगकर्ताले रकम पठाउन र भुक्तानीमा प्रयोग गर्नसक्ने

काठमाडौं ।

काठमाडौं । डिजिटल भुक्तानीको बढ्दो प्रयोग र संभावनालाई हेरेर फेसबुक इंकले पनि आफ्नो ई-वालेट ‘फेसबुक पे’ सुरू गरेको छ । सुरुमा, यो भुक्तान सेवा केबल फेसबुक र मेसेन्जरमा उपलब्ध गरिएको छ। पछि यो व्हाट्सएप र इन्स्टाग्राममा पनि उपलब्ध हुनेछ।

फेसबुक पे कोष संकलन, इन गेम पर्चेज, कार्यक्रमहरुको टिकट, मेसेन्जरमा व्यक्ति व्यक्तिबिचको भुक्तानी, फेसबुक मार्केट प्लेस र व्यापारीक खरिदमा प्रयोग गर्न सकिने गरि लन्च गरिएको छ। हाल यो सुविधा केबल अमेरिकामा सुरू हुनेछ।

फेसबुकले आफ्नो ब्लगमा उल्लेख गरेको छ, ‘प्रयोगकर्ताहरुलाई भुक्तानी गर्न सुरक्षा विकल्प दिइनेछ, जसले पिन र बायोमेट्रिक जस्ता सुविधा प्रदान गर्नेछ।’

यस भुक्तानी प्रणालीको साथमा किनमेल, कार्यक्रमको टिकट बुकिंग, दान वा पैसा कसैलाई हस्तान्तरण गर्न सकिनेछ। जानकारीका अनुसार, फेसबुक पेले कुनै पनि लेनदेनको लागि एकल प्रणाली प्रदान गर्दछ, यसको अर्थ यसले क्रेडिट कार्ड नम्बर जस्ता प्रयोगकर्ताहरूको डेटालाई सुरक्षित राख्छ।

फेसबुक पेले प्रमुख डेविट तथा क्रेडिट कार्डहरुका साथै पेपाल पनि सपोर्ट गर्ने कम्पनीले जानकारी दिएको छ ।

नयाँ सेवाले यूजर्सको भुक्तानी तरीका, मिति, बिलिङ्गलगायतका जानकारी संकलन गर्नेछ र त्यसलाई लक्षित विज्ञापन देखाउन प्रयोग गर्नेछ ।

प्रकाशित: २८ कार्तिक २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार