Technology Khabar २८ कार्तिक २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । इलेक्ट्रिक भेहिकल निर्माता कम्पनी टेस्लाले आफ्नो चीनमा निर्मित पहिलो मेड इन चाइना मोडल ३ इलेक्ट्रिक भेहिकल सार्वजनिक गरेको छ ।
कम्पनीले चीनको सांघाईमा रहेको गीगाफ्याक्ट्री ३ बाट उत्पादन भएको मोडल थ्री को टेस्ट ड्राइभ समेत शुरु गरेको छ ।
टेस्लाले सांघाई अटोमोटिभ फ्याक्ट्रीमा मोडल थ्री आगामी वर्षदेखि प्रति साता ३ हजार गाडि उत्पादन गर्ने लक्ष्य रहेको छ । यो गीगाफ्याक्ट्री टेस्लाको अमेरिका भन्दा बाहिरको पहिलो फ्याक्ट्री हो ।
कम्पनीले सांघाईको गीगाफ्याक्ट्रीबाट फूल भेहिकल उत्पादन यसअघि नै परीक्षणको रुपमा शुरु भईसकेको भन्दै कम्पनीले अन्तिम उत्पादन लाइसेन्स लिने र सरकारी आधारभूत कार्य पुरा गर्न केन्द्रित भएको उल्लेख गरेको छ ।
यसअतिरिक्त कम्पनीकाई सिईओ एलन मस्कले हालै टेस्ला इलेक्ट्रिक पिकअप ट्रक अनावरण गर्ने घोषणा गरेका छन् । सो इलेक्ट्रिक पिकअप ट्रकको नाम साइबरट्रक राखिएको छ भने अमेरिकाको लस एन्जल्समा नोभेम्बर २१ तारिखमा सार्वजनिक हुनेछ । एजेन्सी
प्रकाशित: २८ कार्तिक २०७६, बिहीबार