टेलिकम कम्पनी भोडाफोन आइडियाको भविश्य भारतमा संकटपूर्ण, सरकारसँग माग्यो राहत प्याकेज

  • Technology Khabar | २७ कार्तिक २०७६, बुधबार
टेलिकम कम्पनी भोडाफोन आइडियाको भविश्य भारतमा संकटपूर्ण, सरकारसँग माग्यो राहत प्याकेज

काठमाडौं ।

काठमाडौं । भारतको दोस्रो ठूलो टेलिकम कम्पनी भोडाफोन आइडियाले भारतमा आफ्नो भविश्य अनिश्चित भएको बताएको छ । यदि सरकारले उच्च कर र जरिवानाहरुका साथै लाइसेन्स शुल्कमा राहत नदिएको खण्डमा समस्यामा पर्ने बताएको हो ।

कम्पनीका प्रमुख कार्यकारी निक रीडले भारतमा भोडाफोनको भविश्य जोखिममा रहेको बताए । उनले भारत सरकारले अपरेटरहरुलाई लगाउने स्पेक्ट्रम फीमा कटौती नगरेमा कम्पनीले भारतमा सेवा बन्द गर्न सक्ने बताए ।

‘भारतमा कम्पनीको भविश्य धरमर अवस्थामा देखिएको छ,’ उनले भने ।

केहि समयअघि भारतको सुप्रिम कोर्टले गरेको निर्णयले भोडाफोन आइडिया र एयरटेललाई ठूलो झट्का लागेको थियो । दुबै कम्पनीहरुले भारतको केन्द्र सरकारलाई ९२ हजार करोड भारु तिर्नुपर्ने निर्णय गरेको थियो । सुनुवाईको क्रममा दुबै कम्पनीहरुको दाबी र याचिकालाई अदालतले खारेज गरेको थियो । कोर्टले टेलिकम कम्पनीहरुलाई पुरै रकम ब्याजका साथ दूरसंचार विभागलाई तिर्न भएको थियो ।

भोडाफोनका सिईओ रीडकाअनुसार कम्पनीको लागि लामो समयदेखि स्थिति चुनौतिपूर्ण बनिरहेको छ । यसको बाबजुद कम्पनीसँग ३० करोड ग्राहकहरुका साथै करिब ३० प्रतिशत बजार हिस्सा रहेको छ ।

यसअघि सन् २०१८ मा भोडाफोनले आदित्य बिरला ग्रुपको आइडिया टेलिकमलाई अधिग्रहण गरेको थियो ।

रीडकाअनुसार कयौं असहयोगी नियमन नीति र अधिक राजस्व दरका कारण वित्तीय भार कम्पनीलाई परिरहेको छ भने अझ अहिलेको अदालतको आदेश टेलिकम कम्पनीहरुको विरुद्धमा फैसला आएको छ ।

उनले हालै मिडियामा आएका भारत छोड्ने रिपोर्टहरु गलत र अफवाह भएको भन्दै त्यसलाई नकारेका छन् ।

हालै भोडाफोन आइडियाले भारत सरकारसँग राहत सहयोग प्याकेज दिन अनुरोध गरेको छ । जसमा स्पेक्ट्रम शुल्क २ वर्षसम्म तिर्ने अवधि, न्यून राजस्व र लाइसेन्स शुल्क, सर्वोच्च अदालतले लगाएको ब्याज र अन्य जरिवानामा राहतको माग गरेको हो ।

विश्वको दोस्रो ठूलो टेलिकम अपरेटर भोडाफोनको भारतको व्यवसाय संकटमा रहेपनि कम्पनीको स्पेन र इटालीको व्यवसाय आम्दानीमा भने सुधार भएको बताएको छ । एजेन्सी

प्रकाशित: २७ कार्तिक २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार