शाओमीको फोल्डेबल फोनमा पाँच क्यामरा सेटअप हुने, पपअप डिजाइनमा पेटेन्ट दर्ता

  • Technology Khabar | २७ कार्तिक २०७६, बुधबार
शाओमीको फोल्डेबल फोनमा पाँच क्यामरा सेटअप हुने, पपअप डिजाइनमा पेटेन्ट दर्ता

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड शाओमीले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । सन् २०१९ मा सामसंग र ह्वावेले आफ्ना फोल्डेबल स्मार्टफोन सार्वजनिक गरे भने आगामी वर्ष शाओमीसहित अन्य कम्पनीहरु फोल्डेबल स्मार्टफोन ल्याउन तयार छन् ।

सामसंगले व्यवसायीकरुपमा नै ग्यालेक्सी फोल्ड ल्याईसकेको छ भने ह्वावेले आफ्नो मेट एक्स अझै व्यवसायीकरुपमा लन्च गरिसकेको छैन् ।
यसैबिच शाओमीले पनि आफ्नो फोल्डेबल फोन छिटै लन्च गर्न सक्ने रिपोर्ट आएको छ ।

कम्पनीले केहि दिन अगाडि आफ्नो फोल्डेबल फोनको प्रोटोटाइप भिडियो देखाएको थियो । अब भने शाओमीको फोल्डेबल फोनको नयाँ जानकारी आएको छ । रिपोर्टअनुसार शाओमीले आफ्नो पहिलो फोल्डेबल फोनमा पेन्टा क्यामरा सेटअप राख्नसक्नेछ । यो क्यामरा सेटअप पपअप मेकानिजमका साथ आउनसक्ने बताईएको छ ।

हालै देखिएको शाओमीको फोल्डेबल फोनको पेटेन्ट इमेजअनुसार सो रिपोर्ट आएको हो । जसमा पाँच क्यामरा सेन्सर राखिएको देखिन्छ । पेटेन्टअनुसार यो पेन्टा क्यामरा सेटअप सेल्फी र ब्याक क्यामरा दुबैको जस्तै काम गर्नसक्ने अनुमान गरिएको छ ।

रिपोर्टहरुकाअनुसार सामसंगको सो फोल्डेबल स्मार्टफोनको मूल्य करिब १ लाख २० हजार रुपैयाँ हाराहारी हुनसक्नेछ ।

प्रकाशित: २७ कार्तिक २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...