Technology Khabar २२ कार्तिक २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । प्रिन्टर निर्माता कम्पनी जेरोक्सले कम्प्यूटर कम्पनी एचपी इंक किन्ने योजना बनाएको छ । यसबारेमा आएका चर्चाहरुलाई पुष्टि गर्दै एचपीले सो विषयमा कुराकानी भईरहेको र आगामी दिनमा शेयरहोल्डरको हितमा निर्णय गरिने बताएको छ ।
जेरोक्स होल्डिंग्स कर्पोरेसनले एचपी इंकलाई २७ बिलियन डलरमा एचपीलाई किन्ने योजना बनाएको हो ।
एचपीलाई किन्न ईच्छुक रहेको जेरोक्स कम्पनी एचपी भन्दा करिब ३ गुणा सानो छ एचपीको मार्केट भ्यालू हाल २७ बिलियन डलर छ भने जेरोक्सको केबल ८ बिलियन डलर मात्र छ । तर जेरोक्सले आफ्नो केहि बिजनेस बेचेर थप २.८ बिलियन डलर नगद आर्जन गर्ने जानकारी दिएको छ ।
प्रकाशित: २२ कार्तिक २०७६, शुक्रबार