भीभोले भारतमा आफ्नो उत्पादन क्षमता बढायो, अब ३.३ करोड डिभाइस वार्षिक उत्पादन गर्ने

  • Technology Khabar | २२ कार्तिक २०७६, शुक्रबार
भीभोले भारतमा आफ्नो उत्पादन क्षमता बढायो, अब ३.३ करोड डिभाइस वार्षिक उत्पादन गर्ने
भीभो भी १७प्रो

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी भीभोले भारतमा भएको आफ्नो उत्पादन यूनिटलाई बिस्तार गरेको छ । कम्पनीले अब भारतमा ३.३ करोड डिभाइसहरु प्रत्येक वर्ष उत्पादन गर्नेछ ।

कम्पनीले हाल भारतमा ७ हजार ५०० करोड भारु लगानी बिस्तार गर्दै यसअघिको २.५ करोड डिभाइस उत्पादन क्षमतालाई बढाएको हो ।

‘भीभो भारतमा दिर्घकालको खेलाडी बन्न चाहन्छ । उत्तर प्रदेशको ग्रेटर नोयडामा बिस्तारका लागि हामीले २,००० मानिस थप गर्दै अब १०,००० पुर्याएका छौं,’ भीभो इण्डियाका ब्राण्ड स्ट्राटेजी डाइरेक्टर निपुण मार्याले भने ।

कम्पनीले नयाँ बिस्तारित यूनिटबाट आगामी वर्षदेखि मात्र उत्पादन शुरु गर्नेछ ।

भीभो २०१९ को तेस्रो क्वाटरमा तिब्रगतिमा डिभाइस बिक्री गरिरहेको कम्पनीमध्येमा पर्दछ । कम्पनीले भारतमा आफ्नो ब्राण्डको मागलाई पुरा गर्न नयाँ उत्पादन आवश्यक हुने अपेक्षा गरेको छ ।

भारतमा चौथो क्वाटरमा भीभोले १७ प्रतिशत बजार हिस्सा ओगटेको छ । एजेन्सी

प्रकाशित: २२ कार्तिक २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...