चिनियाँ ई-वालेट अलिपे अब विदेशीले चीनभित्रै प्रयोग गर्न सक्ने, ९० दिन अवधिको सुविधा उपलब्ध

  • Technology Khabar | १९ कार्तिक २०७६, मंगलवार
चिनियाँ ई-वालेट अलिपे अब विदेशीले चीनभित्रै प्रयोग गर्न सक्ने, ९० दिन अवधिको सुविधा उपलब्ध

काठमाडौं ।

काठमाडौं । चीनमा यात्रा गर्ने विदेशीहरुले पनि अब मोबाइल वालेट अलिपे प्रयोग गरेर सामान तथा सेवाहरु किन्न पाउने भएका छन् । अलिबाबाले पहिलो पटक आफ्नो ई-वालेट अलिपेलाई विदेशीले समेत प्रयोग गर्न पाउने बनाएको हो ।

यसअघि चीनमा चिनियाँहरु जोसँग चिनियाँ बैंकको एकाउन्ट छ वा स्थानिय मोबाइल नम्बर छ उसले मात्र प्रयोग गर्न पाउने सुविधा थियो । तर अब भने अलिपेको इन्टरनेशनल भर्सन डाउनलोड गर्न र ९० दिनको अवधिसम्म चीनभित्रै प्रयोग गर्न सकिने भएको छ ।

अलिबाबाको फिनटेक यूनिट एन्ट फाइनान्सियलले हालै अन्तराष्ट्रिय यात्रुहरुका लागि विशेषरुपमा डिजाइन गरिएको जानकारी दिएको छ ।

कम्पनीकाअनुसार जसले विदेशी मोबाइल नम्बरसहित दर्ता गरेको छ त्यसले ई वालेटमा भएको ‘टूर पास फंगसन’मा पहुँच प्राप्त गर्नेछ ।
त्यसपछि प्रयोगकर्ताहरुले आफ्नो क्रेडिट वा डेबिट कार्डहरु फण्ड लोड गर्न प्रयोग गर्नसक्नेछन् ।

टूर पास यूजर्सका लागि न्यूनतम १०० यूआनको टपअपको सुविधा छ भने ब्यालेन्स रकम २,००० यूआनसम्म सिमित गरिएको छ । त्यसबाहेक ९० दिनको समाप्तीमा बाँकी रहेको रकम रिफण्ड गरिने बताईएको छ ।

विदेशी यात्रुहरुले चीनमा पनि अलिपे गूगल एन्ड्रोयड वा एप्पल डिभाइसहरुमा डाउनलोड गर्नसक्नेछन् ।

अलिबाबाकाअनुसार ई-वालेटमा १.२ बिलियन प्रयोगकर्ताहरु रहेका छन जसमार्फत इन एप पर्चेज, ट्याक्सी यात्रा, होटेल कोठा बुकिंग, मुभी टिकेट खरिदलगायतका कार्य गर्न सकिन्छ ।

अलिपेमा दिईएको नयाँ सुविधाले चिनियाँ बिक्रेताहरुलाई चीन भ्रमणमा जाने ३०.५ मिलियन विदेशी यात्रुहरुमार्फत थप व्यवसायको अवसर सिर्जना हुने बताईएको छ ।

प्रकाशित: १९ कार्तिक २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार