नयाँ डिजाइनमा ब्याट्रीलाई दश मिनेट चार्ज गर्दा इलेक्ट्रिक भेहिकल ३२० किलोमिटरसम्म कुद्ने

Technology Khabar १६ कार्तिक २०७६, शनिबार

काठमाडौं ।

काठमाडौं । नविनतम लिथियम-आयन ब्याट्री डिजाइनले इलेक्ट्रिक भेहिकलहरुलाई तिब्रगतिमा चार्ज गर्न सकिने अनुसन्धानले देखाएको छ । हालै वैज्ञानिक अनुसन्धानकर्ताहरुले गरेको अध्ययनअनुसार केबल १० मिनेटमा ब्याट्री चार्ज गरेर गाडिलाई कुदाउन सकिने देखिएको हो ।

सो अनुसन्धानमा संलग्न अनुसन्धानकर्ताहरुका अनुसार सो डिजाइनले इलेक्ट्रिक भेहिकलहरुलाई परम्परागत गाडिहरुको तुलनामा प्रतिस्पर्धी बनाउन सकिने देखिएको छ ।

सो क्विक चार्जले केबल १० मिनेट ब्याट्री चार्ज गर्दा २०० माइल्स अर्थात करिब ३२० किलोमिटरसम्म इलेक्ट्रिक भेहिकल कुदाउन सकिन्छ । तर यसको लागि २५०० चार्जिंग साइकल्सलाई व्यवस्थापन गर्नुपर्नेछ ।

हालै पेन्सिलभेनिया स्टेट यूनिभर्सिटीको ‘जउल’ जर्नलमा प्रकाशित अध्ययन रिपोर्टअनुसार ब्याट्रीको तापक्रमलाई समायोजन गर्नसक्दा यो संभव हुन्छ ।

ब्याट्री चार्ज गर्ने समयमा तापक्रम एकैपटक बढाउन र निकाल्दा एकैपटक घटाउन सकिने भएकोले यो विधि र डिजाइन प्रयोग गर्न सकिने रिपोर्टमा उल्लेख छ । यसलाई अनुसन्धानकर्ताहरुले असिमेट्रिक एप्रोच भनेर ब्याख्या गरेका छन् । यसअन्तरगत तिब्रगतिमा ब्याट्रीहरुलाई चार्ज गर्दा लिथियम आयोन ब्याट्रीहरुको प्राकृतिक गुणबत्तामा हुने कमीलाई घटाउन सकिनेछ ।

यो संभव हुनको लागि उच्च तापक्रममा तिब्रगतमिा चार्जिंग गर्नुपर्नेछ र त्यसलाई अधिक चिसोअवस्थामा राख्दा अधिक समय चार्ज स्टोर हुनसक्दछ । एजेन्सी

प्रकाशित: १६ कार्तिक २०७६, शनिबार

तपाइको प्रतिक्रिया