
काठमाडौं ।
काठमाडौं । फोल्डिंग स्मार्टफोनको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै दक्षिण कोरियाली टेक कम्पनी सामसंगले यहि मंगलबार आफ्नो नयाँ फोल्डेबल फोन पेश गरेको छ । कम्पनीले यसलाई सामसंग डेभलपर्स कन्फ्रेन्समा २०१९ मा कन्सेप्ट मोडेलको रूपमा प्रस्तुत गरेको हो ।
नयाँ फोल्डेबल फोनको विशेषता यो हो कि यो ठाडो रूपमा फोल्ड गर्न सकिन्छ।
यसको डिजाईनलाई हेर्दा यो फोल्डेबल फोन लन्च पछि मोटोरोलाको फोल्डेबल फोन मोटो रेजरसँग तिब्र प्रतिस्पर्धा हुनसक्ने संभावना देखिएको छ । केही महिना अघि सामसंगले ग्यालेक्सी फोल्ड स्मार्टफोन लॉन्च गरेको थियो जसको मूल्य १२०० अमेरिकी डलर छ। यो पुस्तक जस्तै फोल्ड हुन्छ, जुन खोलिएको अवस्थामा भने सानो ट्याब्लेटको आकारमा हुन्छ। 
नयाँ फोनको डिजाइन ग्यालेक्सी फोल्ड भन्दा बिलकुलै फरक तरिकाको छ। ग्यालेक्सी फोल्ड अनफोल्ड हुँदा सानो आकारको ट्याब्लेटमा रूपान्तरण हुन्छ, जबकि सामसुंगको नयाँ फोल्डेबल फोनको स्क्रीन लामो आकारमा छ र यो फोल्ड गरेर सजिलै गोजीमा राख्न सकिन्छ।
रिपोर्टका अनुसार यस फोनको मोडेल नम्बर एसएम-एफ ७००एफ हो र यो नयाँ फोल्डेबल स्मार्टफोन २५६ जीबी स्टोरेज भेरियन्टमा आउन सक्ने संभावना छ ।
अर्को रिपोर्टका अनुसार यस उपकरणको नाम ग्यालेक्सी डब्लू२० ५जी (W20 5G) हुनेछ। यो फोन ५जीका विभिन्न फीचरहरुका साथ आउने छ ।
यसैबिच चीनबाट आएको रिपोर्टअनुसार चाइना मोबाइलले सामसंगको सो फोल्डेबल स्मार्टफोन डब्लू२० ५जी यहि नोभेम्बर महिना लन्च गर्ने भएको छ । क्लामसेल डिजाइनको सो फोल्डेबल स्मार्टफोन संभवत चीनको बजारमा मात्र उपलब्ध हुनसक्नेछ ।
मोटोरोलाले पनि आफ्नो पहिलो फोल्डेबर फोन रेजर नोभेम्बर महिनामा नै लन्च गर्ने तयारी गरिरहेको छ । सामसंगले मोटोरोलाको भन्दा पहिले नै आफ्नो दोस्रो फोल्डेबल फोन लन्च गर्न सक्ने अनुमान गरिएकोछ ।
प्रकाशित: १५ कार्तिक २०७६, शुक्रबार