अमेजनलाई पछारेर माइक्रोसफ्टले हात पार्यो पेन्टागनको १० बिलियन डलरको क्लाउड कम्प्यूटिंग

  • Technology Khabar | १० कार्तिक २०७६, आईतवार

काठमाडौं ।

काठमाडौं ।माइक्रोसफ्ट कर्पले पेन्टागनको १० बिलियन क्लाउड कम्प्यूटिंगको ठेक्का हात पारेको छ । माइक्रोसफ्टले अर्को टेक कम्पनी अमेजन डटकम इंकलाई पछाडि पार्दै सो कन्ट्र्याक्ट हात पारेको अमेरिकी डिफेन्स डिपार्टमेन्टले बताएको छ ।

ज्वाइन्ट इन्टरप्राइज डिफेन्स इन्फ्रास्ट्रक्चर क्लाउड कन्ट्र्याक्ट पेन्टागनको डिजिटल मोर्डनाइजेसनको एउटा बृहत अंग हो जसले पेन्टागनलाई थप प्रविधिमा आधारित बनाउने छ ।

तरपनि यो सम्झौता निकै लामो समयदेखि विवादमा रहँदै आएको थियो । विशेषगरि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेजन र त्यसका संस्थापक जेफ बेसोजको बारेमा विरोध गर्दै आएका थिए ।

यसअघि अर्को क्लाउड कम्प्यूटिंग कम्पनी ओर्याकलले सो कन्ट्र्याक्ट दिने प्रकृयाको बारेमा चासो व्यक्त गर्दै आएको थियो, र सो चासोअन्तरगत अमेजनका एक कर्मचारी जो पहिले डिफेन्स डिपार्टमेन्टमा सोहि परियोजनामा कार्यरत रहेका थिए ।

अमेजन वेब सर्भिसेजका प्रवक्ताले कम्पनी सो निष्कर्षपछि आश्चार्यचकित भएको बताएका छन् ।

बिस्तृत एसेसमेन्ट तुलनात्मक अफरहरुको आधारमा रहेका थिए र यसले फरक निष्कर्षमा लगेको छ, अमेजनले स्टेटमेन्ट जारी गर्दै भनेको छ ।

यदपि पेन्टागनले अब विश्वको ससक्त फाइटिंग फोर्सको रुपमा अगाडि बढ्ने भएको छ ।

यसअघि अधिकारीहरुले समयावधि सकिएका कम्प्यूटर सिस्टम भएको गुनासो गरिरहेको थिए भने यसले गर्दा आवश्यक फाइलहरु तथा सूचनाहरु बाँड्न कठिनाई भएको बताएका थिए ।

पेन्टागनले ११ बिलियन डलरभन्दा बढिको फरक १० क्लाउड कन्ट्र्याक्टहरु आगामी २ वर्षसम्मको लागि प्रदान गरेको बताएको छ ।

यो कन्ट्र्याक्टअन्तरगत माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित विश्लेषण र होस्ट क्लासिफाइड मिलिटरी सिक्रेटहरुसहितको सुविधा दिनेछ । यसले गर्दा अमेरिकी सेनालाई डाटामा सहज र सजिलो पहुँच हुनुका साथै युद्धमैदानमा रहँदा क्लाउड सुविधा उपलब्ध गराउने छ ।

अमेरिकी रक्षा विभागले आफ्नो पुराना कम्प्यूटर नेटवर्कलाई नयाँ एउटै क्लाउड सिस्टमबाट परिवर्तन गर्नेछ ।

सो कन्ट्र्याक्टमा टेक जायन्टहरु माइक्रोसफ्ट अमेजन, ओर्याकल र आइबीएमले प्रतिस्पर्धा गरेका थिए । एजेन्सी

प्रकाशित: १० कार्तिक २०७६, आईतवार

तपाइको प्रतिक्रिया