
काठमाडौं ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र यूके एड सक्षम एक्सिस टु फाइनान्स बीच गोरखा र धादिङ्ग जिल्लाका भुकम्प पिडित जनतालाई सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ ।
राष्ट्रिय पुर्ननिर्माण प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सक्षम एक्सिस टु फाइनान्सका टीम लिडर निर्मल दाहालले हस्ताक्षर गरे ।
सम्झौता पछि २०७२ सालको भुकम्पले क्षति पुर्याएका धादिङ्ग जिल्लाका धुनिवेशी, निलकण्ठ नगरपालिका र गोरखा जिल्लाको गोरखा नगरपालिकाका नागरिकहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा भुकम्प पिडित घर कर्जा लगानी गर्नेछ । सझौता पछि प्रदेश नम्बर २, ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा बैंकले सक्षमसंग मिलेर सामाजिक सुरक्षाको रकम भुक्तानी बैंक मार्फत गर्नको लागि वित्तीय साक्षरता कार्यक्रम संचालन गर्नेछ ।
राष्ट्रिय पुर्ननिर्माण प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सरकारले दिएको पैसा बैंकमार्फत पारदर्शी तबरबाट जनताको हातमा पुगेको बताउंदै यस्तो सम्झौताले भुकम्प पिडित जनतालाई भवन निर्माण गर्न आवश्यक परेको रकम पुरा हुने बताए ।
बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौता पश्चात राज्यले लिएको नीति तथा कार्यक्रममा सहयोग पुग्ने गरी जनताको जीवनस्तरमा परिवर्तन आउने गरी राष्ट्रिय वाणिज्य बैंकले भुकम्प पिडित जनताहरुलाई सहूलियत रुपमा कर्जा लगानी गरिने बताए ।
सक्षम एक्सिस टु फाइनान्सका टीम लिडर दाहालले यो सम्झौताले भुकम्प पछिको पुनरनिर्माणमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।
बैंकले गत आ.व. २०७५/०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको जनाएको छ ।
प्रकाशित: ८ कार्तिक २०७६, शुक्रबार