
काठमाडौं ।
काठमाडौं । ईकमर्श कम्पनी क्लब फ्याक्ट्री गूगल प्ले स्टोरमा सबैभन्दा धेरै डाउनलोड हुने शपिंग एप हुन पुगेको छ।
हालै सार्वजनिक डाटाअनुसार ईकमर्श प्लेयर क्लब फ्याक्ट्रीको एप शपिंग क्याटोगरीमा सेप्टेम्बरमा १३.८ मिलियन इस्न्टल भएको छ ।
मोबाइल एप इन्टेलिजेन्स फर्म सेन्सर टावरकाअनुसार सो डाटाले यूनिक एप इन्स्टलबाट लिईएको हो ।
‘क्लब फ्याक्टीलाई भारतमा तिब्ररुपमा स्विकार गरिएको हुँदा नै एन्ड्रोयड प्लेटफर्ममा विश्वभर सबैभन्दा धेरै डाउनलोड हुने शपिंग एप भएको छ, यो वर्षको दिवाली सेलमा हामी ससक्तरुपमा वृद्धि गर्ने अपेक्षा गरेका छौं,’ क्लब फ्याक्ट्रीका फाउण्डर तथा सिईओ भिनसेन्ट लोउले भने ।
प्रकाशित: ७ कार्तिक २०७६, बिहीबार